नेपाली

भृकुटीमण्डपमा ‘हिमालयन इन्टरनेशनल एक्सपो’ सुरु

criPublished: 2024-10-05 14:47:26
Share
Share this with Close
Messenger Pinterest LinkedIn

बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपमा ‘हिमालयन इन्टरनेशनल एक्स्पो’ सुरु भएको छ। नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले एक्स्पो आयोजना गरिएको आयोजकहरूले जनाएका छन्।

यही असोज १९ गतेसम्म चल्ने एक्सपोमा नेपाली हस्तकलाका उत्पादनहरूलाई विशेष ग्राह्यता दिइएको छ । साना तथा घरेलु उद्योगमा अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूइँकटहरलगायत प्राकृतिक रेशाबाट बनाइएका उत्पादन झोला, कपडा, जुत्ता, मह लगायतका खाद्य सामाग्री पनि विक्रीमा राखिएको रातोपाटी अनलाइनले खबर लेखेको छ।

यस्तै, पस्मिना, स्टोन, माला, क्युरियाका सामा, गलैँचा,गार्मेन्टका सामान, सिसा, पाइप, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहना, हण्डमेड पेपरहरू,पेपर प्याकेजहरू, नेपाली ढाका कार्पेट जडीबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवा पनि एक्सपोमा समावेश भएका छन्।

Share this story on

Messenger Pinterest LinkedIn