नेपाली

नेपालमा लगातार गम्भीर बाढी र पहिरोप्रति चिनियाँ परराष्ट्र मन्त्रीको सात्वना सन्देश

criPublished: 2024-10-03 16:04:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हालै नेपालमा लगातार गम्भीर बाढी र पहिरो गएकोमा अक्टोबर २ तारिख चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले नेपाली परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालाई सात्वना सन्देश पठाउनुभएको छ।

सन्देशमा नेपालमा गएको गम्भीर बाढी र पहिरोमा परी ठूलो संख्यामा हताहती भएको साथै भौतिक क्षति भएको थाहा पाएर चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले प्रकोपमा परेर मारिएकाहरुलाई दिलैदेखि शोक व्यक्त गर्नुका साथै मारिएकाहरुका परिवार र घाइतेहरुलाई सात्वना पनि दिनुभएको छ। पहाड र नदी जोडिएका छिमेकी चीनले नेपालको आवश्यकता बमोजिम प्रकोप उद्धार गर्नको लागि सकेसम्म समर्थन तथा सहयोग प्रदान गर्ने इच्छा पनि चिनियाँ परराष्ट्र मन्त्री वाङले गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn