नेपाली

काठमाडौंमा बीआरआई अवसर तथा चुनौती विषयक अन्तर्क्रिया

criPublished: 2024-09-25 21:16:48
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले बीआरआई नेपालका लागि अवसर भएको बताउनुभयो। उहाँले बीआरआईका कारण नेपालको पहुँच अन्तर्राष्ट्रिय जगतमा बढ्ने विचार व्यक्त गर्नुभयो। नेपालका दलहरूले एउटै विदेश नीति बनाएर अन्तर्राष्ट्रिय विषयमा सहमति खोज्नुपर्ने भन्दै उहाँले अनुदान वा ऋणमा बन्ने परियोजना राम्रो छनोट गर्नुपर्ने सुझाव दिनुभयो।

नेकपा माओवादीका महासचिव देब गुरुङले बीआरआई कार्यान्वयनमा जाने विषय काङ्ग्रेस र एमालेजस्ता ठूला दलहरुले सत्ता समीकरणका बेला गरेको सम्झौतामा अड्किएको आरोप लगाउनुभयो। उहाँले बीआरआई कार्यान्वयनमा जानुको विकल्प नरहेको बताउँदै ऋण पासोको हल्लामा कुनै सत्यता नभएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘ऋणपासोको कुरा झुटो हो, यसमा सत्यता छैन। राजनीतिक पूर्वाग्रहले अभिप्रेरित छ।’

परियोजनाको सूची तयार भएपछि मात्रै अनुदान वा ऋणको कुरा आउने बताउँदै उहाँले विश्वका अन्य देश र संस्थाको ऋणलाई बेवास्ता गरेर एकोहोरो चीनको ऋणको मात्रै कुरा उठाइनु राजनीतिक उद्देश्य बाहेक अर्को नभएको ठहर गर्नुभयो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn