नेपाली

करिब नौ करोड बराबरको मालवस्तु बङ्गलादेश निर्यात

criPublished: 2024-09-20 16:44:42
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पूर्वी नाका काँकरभिट्टाबाट रु आठ करोड ९९ लाख २० हजार आठ सय एक बराबरको मालवस्तु बङ्गलादेश निर्यात भएको छ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था लिमिटेड शाखा कार्यालय काँकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार सोही अवधिमा ६६ करोड ८४ लाख ३३ हजार एक सय ४२ बराबरको सामान बङ्गलादेशबाट आयात भएको छ।

कार्यालयको तथ्याङ्कअनुसार नेपालबाट मुख्य रूपमा खुदो बङ्गलादेश निर्यात भइरहेको छ। दुई महिनामा रु सात करोड ६७ लाख ८१ हजार ५२२ मूल्य बराबरको खुदो निर्यात भएको छ।

गोदाम व्यवस्था कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार सो अवधिमा जुट, पेपर, औषधि, ब्याट्री, फेब्रिक एण्ड रेडिमेड ग्रामेन्ट, प्लास्टिक फर्निचरलगायत मालबस्तु बंगलादेशबाट आयात भएका छन्। सो अवधिमा सबैभन्दा बढी रु ४१ करोड ५७ लाख ८७ हजार छ सय ५२ मूल्य बराबरको जुट आयात भएको राससले जनाएको छ।

Share this story on

Messenger Pinterest LinkedIn