नेपाली

आज नेपालको संविधान तथा राष्ट्रिय दिवस

criPublished: 2024-09-19 20:21:52
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ बिहिबार स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइएको छ। नेपालको संविधानसभाबाट २०७२ असोज ३ गते सङ्घीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवस तथा राष्ट्रिय दिवसका रुपमा मनाइन्छ।

नेपाल सरकारद्वारा बिहान सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मूल समारोह आयोजना गरेको छ। उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको गोरखापत्र अनलाइनले लेखेको छ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले मार्चपास गर्नुका साथै उपत्यकाको विभिन्न नगरपालिकाद्वारा झाँकी र्‍याली प्रस्तुत गरिएको थियो। साथै सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो।

सोही क्रममा, प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेसम्म सबै दलको सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै सो विचार व्यक्त गर्नुभएको हो।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन केही हदसम्म हामी संविधान संशोधनको माध्यमबाट पनि गर्न सक्छौँ। यसप्रति निश्चय नै राष्ट्रिय चासो छ। म विश्वास दिलाउन चाहन्छु, संशोधन प्रक्रियामा हामीले संसद्को गणितीय सङ्ख्या मात्र हेर्ने छैनौँ। सरकारमा रहेका पार्टीहरूको मात्र होइन, सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिनेछ।’’

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn