नेपाली

चीनको सहयोगमा उत्पादित नेपाली तरकारी कतार निर्यात

CRIPublished: 2024-09-13 16:31:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपाली किसानले उत्पादन गरेको तरकारी कतार निर्यात भएको छ । काठमाडौँ उपत्यकाका किसानले उत्पादन गरेको सो तरकारी बिहीबार कतार निर्यात भएको हो । चीनको सहयोगमा सञ्चालित ग्रामीण विकासका लागि (सिएफआरडी) कार्यक्रम अन्तर्गत किसानले सो तरकारी उत्पादन गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार एक कार्यक्रमको आयोजना गरी दक्षिणकाली नगरपालिकाका किसानले उत्पादन गरेको तरकारी कतार पठाएको हो ।

सिएफआरडीबाट सञ्चालित कार्यक्रमबाट उत्पादित तरकारी नेपालबाट मध्यपूर्व देशमा निर्यात भएको यो पहिलो हो र यसलाई निरन्तरता दिने जनाइएको छ । सिएफआरडी सहयोगमा २० जना किसानले दैनिक एक हजार पाँच सय केजी तरकारी उत्पादन गर्छन् । ती किसानले उत्पादन गरेको तरकारी एक महिनासम्म लगातार निर्यात हुने बताइएको छ ।

कृषि विभागका महानिर्देशक डा. नरहरिप्रसाद घिमिरेले नेपाली तरकारी कतारमा निर्यात गर्दा किसान उत्साहित भएको बताउनुभयो । नेपाल तरकारीका लागि भारतमा निर्भर छ तर अहिले चिनियाँ गैरसरकारी संस्थाको प्राविधिक सहयोगमा नेपाली किसानले तरकारी उत्पादन गरेर निर्यात गर्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कृषि क्षेत्रका लागि यो एक उल्लेखनीय उपलब्धि हो ।”

यो सहयोगले किसानको क्षमतालाई बलियो बनाउने मात्र नभई नयाँ आर्थिक अवसर पनि खोल्ने उहाँले बताउनुभयो । नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले सिएफआरडी कार्यक्रमले गर्दा नेपालको कृषि विकासमा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । यो कार्यक्रमले गर्दा चीनको गरिबी निवारणका अनुभवलाई नेपाली समुदायमा प्रवर्धन गर्न सकिने बताउँदै उहाँले यो पहल नेपाली तरकारी र कृषि उत्पादनका लागि मध्यपूर्वको बजारमा प्रवेश गर्ने महत्वपूर्ण अवसर रहेको बताउनुभयो ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn