नेपाली

पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालन गर्न छिमेकीको सहयोग चाहिएको पर्यटनमन्त्री पाण्डेको भनाइ

CRIPublished: 2024-09-12 15:39:49
Share
Share this with Close
Messenger Pinterest LinkedIn

गोरखापत्र अनलाइनका अनुसार नेपालले ग्लोबल एभियशन सेफ्टिी प्लानका मुख्य सिद्धान्तहरुलाई नेशनल सेफ्टिी प्लानमा सफलतापूर्वक एकीकृति गराइसकेको छ।

मन्त्री पाण्डेले भन्नुभयो, ‘सिकागो कन्भेन्सको एउटा हस्ताक्षरकर्ता मुलुक भएका नाताले हामीले सो कन्भेन्सनका सिद्धान्तहरुलाई स्वीकार गरेका छौं र दुर्घटना अनुसन्धानको स्वतन्त्र जाँचबुझ गर्न स्थायी निकायको स्थापनाका लागि नयाँ कानुन निर्माणको काममा अगाडि बढी सकेका छौं ।’

सुरक्षित र लचिलो उड्डयन पूर्वाधारहरु उड्डयन क्षेत्रको सुधारका लागि आधारभूत कुराहरु भएको उल्लेख गर्दै मन्त्री पाण्डेले भन्नुभयो, यस क्षेत्रको हवाई सुरक्षा मजबुत बनाउन आइकाओका सदस्य मुलुकहरुबीच थप सहयोग सझेदारीको माग गर्छ । तसर्थ म पुनः क्षेत्रीय सहयोगमा जोड दिन्छु जसले गर्दा सुरक्षित र दीगो उड्डयन तर्फको हाम्रा साझा प्रतिवद्धताबाट हरेक देश लाभान्वित हुन सकुन ।

आईकाओको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मन्त्री पाण्डे मंगलबार भारत प्रस्थान गर्नु भएको थियो ।

बुधबारबाट नयाँ दिल्लीमा शुरु हुने एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय सो सम्मेलन दुई दिनसम्म चल्ने छ । सो सम्मेलन भारत सरकार र आईकाओले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन । एशिया प्रशान्त क्षेत्रमा नागरिक उडड्यनलाई थप प्रभावकारी बनाउन नयाँ रोडम्याप तयार गर्ने उद्देश्यले हुन लागेको सो सम्मेलनको विहीबार हुने समापन समारोहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नु हुने कार्यक्रम रहेको छ ।

उक्त सम्मेलनमा ४१ देशका २५० भन्दा बढी प्रतिनिधिको सहभागिता हुने जनाइएको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn