नेपाली

हिल्साको मितेरी पुलको निर्माण कार्य तीव्र

criPublished: 2024-08-29 16:16:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपाल र चीनको सिमाना हिल्सामा चीन सरकारले निर्माण गर्न लागेको मितेरी पुलको निर्माण कार्य दैनिक तीन सिफ्टमा भइरहेको छ । चीन सरकारको लक्ष्य एक वर्षमा पुलको निर्माण कार्य सम्पन्न गर्ने भएपनि निर्धारित मितिभन्दा अगाडि सम्पन्न गर्न चौबीसै घण्टा निर्माण कार्य भइरहेको हो ।

एक महिनादेखि सिमा क्षेत्र हिल्सामा छिमेकी देश चीनले निर्माण गरिरहेकाे सशस्त्र प्रहरीको सिमा सुरक्षा चौकीका सशस्त्र प्रहरी निरीक्षक प्रमोद बिष्टले जानकारी दिनुभयो । उहाँले प्राविधिक सहितका एक सय जनाभन्दा बढी कामदारले दैनिक रातदिन काम गरिरहेको कारण पुलको भौतिक प्रगति पनि छोटो अवधिमा निक्कै अगाडि बढेको बताउनुभयो ।

यसमा मेसिनबाट पिलरको जग खन्ने र मोटरबाट नदीको पानी फाल्ने कार्य पनि हुँदैछ। उहाँले पुलका लागि आवश्यक पर्ने सबै प्रकारका कामहरु एकसाथ भएको बताउनुभयो। उहाँले चिनीयाँ निर्माण कम्पनी छ महिनामा पक्की पुलको निर्माण कार्य सकाएर सञ्चालनमा ल्याउने तयारी रहेको आफूसँगको कुराकानीमा निर्माण कम्पनी पक्षले बताएको जानकारी दिनुभयो । जब सो पुलको निर्माण कार्य एक वर्षमा गरिसक्ने गरि जिम्मेवारी निर्माण कम्पनीले पक्षले पाएको छ ।

पुलका लागि तीन वटा पिलरको जग खन्ने कार्य मेसिनले गरिरहेको छ । जुन पिलर एउटा नेपाली भूभाग, एउटा चिनीयाँ भूभाग र अर्को नदीको बिचमा निर्माण गर्ने गरि काम भइरहेको छ । बिचको पिलर निर्माणका लागि जग खन्नका लागि नदीको पानी अर्कोतर्फ सारिएको छ । पुलको माथि राखिने स्ल्याबहरु ताक्लाकोटबाट मसला बनाएर मेसिनमा ल्याई पुल निर्माण स्थलको नजिकै ढलान गरिएको छ । कामदार पनि सबै चिनीयाँ नागरिक नै छन्।

पुलको निर्माण कार्य सम्पन्न भएपनि चीन सरकारकै लगानीमा नेपालतर्फको पुलको पिलरबाट पाँच सय मिटर सडक पनि निर्माण गरिने गोरखापत्र अनलाइनले जनाएको छ।

Share this story on

Messenger Pinterest LinkedIn