नेपाली

नेपालमा तीन गुणाले बढ्यो विद्युत् खपत

criPublished: 2024-08-26 18:36:07
Share
Share this with Close
Messenger Pinterest LinkedIn

आर्थिक वर्ष २०७२/७३ मा तीन अर्ब ७२ करोड युनिट रहेको विद्युत् खपत आर्थिक वर्ष २०७३/७४ मा २८.४७ विन्दुले बढी चार अर्ब ७७ करोड युनिट पुगेको थियो। आर्थिक वर्ष २०७४/७५ मा विद्युत् खपत पाँच अर्ब ५६ करोड, २०७५/७६ मा छ अर्ब ३० करोड युनिट, २०७६/७७ मा छ अर्ब ४२ करोड, २०७७/७८ मा सात अर्ब २८ करोड युनिट भएको थियो।

यसै गरी आर्थिक वर्ष २०७८/७९ मा आठ अर्ब ८४ करोड, आर्थिक वर्ष २०७९/८० मा नौ अर्ब ३५ करोड र आर्थिक वर्ष २०८०/८१ मा १० अर्ब दुई करोड युनिट विद्युत् खपत भएको थियो। आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा विद्युत् खपत करिब १० प्रतिशतले बढेको हो।

गत आर्थिक वर्षमा पिक डिमान्ड (विद्युत् बढी माग हुने समय) अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ११.३४ प्रतिशतले वृद्धि भएको थियो। गत आर्थिक वर्षको जेठ १६ गते देशभित्रको सबैभन्दा बढी विद्युत्को माग रेकर्ड गरिएको थियो। उक्त दिन पिक डिमान्ड दुई हजार २१२ मेगावाट पुगेको थियो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn