नेपाली

पर्यटक भ्रमणका हिसाबले चितवन राष्ट्रिय निकुञ्ज अग्रणी

CRIPublished: 2024-08-25 15:53:17
Share
Share this with Close
Messenger Pinterest LinkedIn

आर्थिक वर्ष २०८०-८१ मा चितवन राष्ट्रिय निकुञ्जमा आउने स्वदेशी तथा विदेशी पर्यटकको संख्या अहिलेसम्मकै धेरै रहेको छ। चितवन राष्ट्रिय निकुञ्जमा उक्त आर्थिक वर्ष ३ लाख ६ हजार ८ सय ३७ जना पर्यटक भ्रमण गर्न आएको तथ्यांक रहेको कारोबार अनलाइनले लेखेको छ। त्यसमा आन्तरिक पर्यटक अर्थात् नेपालीहरूको संख्या १ लाख ७६ हजार ३ सय १६ रहेको छ। स्मरण रहोस्, त्यसअघिको आर्थिक वर्ष २०७९-८० मा चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने नेपालीको संख्या २ लाख ७६ हजार ३ सय १६ थियो। तथ्यांक हेर्दाखेरि आर्थिक वर्ष २०७९-८० मा अहिलेसम्मकै धेरै संख्यामा नेपालीहरू चितवन राष्ट्रिय निकुञ्जमा घुम्न गएको रेकर्ड कायम भएको छ।

त्यस्तै सार्क देशका पर्यटक आर्थिक वर्ष २०८०-८१ मा ३६ हजार ४ सय ७१ जना चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आएका थिए भने आर्थिक वर्ष २०७९-८० मा सार्क देशबाट ३७ हजार ९ सय ३५ जना आएका थिए। अन्य देशका पर्यटक आर्थिक वर्ष २०८०-८१ मा ९४ हजार ५० जना चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आएका छन्। जब कि आर्थिक वर्ष २०७९-०८० मा अन्य देशका ५५ हजार ८ सय ७२ जना पर्यटकले मात्रै चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिए।

यसरी तथ्यांक हेर्दाखेरि नेपालीहरू र सार्क देशका पर्यटकको संख्या केही घटेको देखिए तापनि अन्य देशका पर्यटक बढेको हुनाले आर्थिक वर्ष २०८०-८१ मा चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आएका पर्यटकबाट संकलन भएको राजस्व रकम पनि बढेको छ। उक्त आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आएका पर्यटकबाट जम्मा ३० करोड ५७ लाख १८ हजार ४ सय नेपाली रुपैयाँबराबर राजस्व संकलन भएको छ। जबकि अघिल्लो आर्थिक वर्षमा चाहिँ २२ करोड ९३ लाख ९५ हजार ९ सय ५० नेपाली रुपैयाँबराबर मात्रै राजस्व संकलन भएको थियो। यसरी आर्थिक उपार्जनका हिसाबले हेर्दाखेरि नेपालको निकुञ्ज पर्यटन क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जको योगदान महत्वपूर्ण रहने देखिन्छ। हुन पनि चितवन राष्ट्रिय निकुञ्ज नेपालकै अग्रणी राष्ट्रिय निकुञ्ज हो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn