नेपाली

नीतिगत सुधारसहित पर्यटन क्षेत्रलाई चलायमान बनाउने मन्त्री पाण्डेको प्रतिबद्धता

criPublished: 2024-08-01 15:40:07
Share
Share this with Close
Messenger Pinterest LinkedIn

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आवश्यक नीतिगत सुधार सहित पर्यटन क्षेत्रलाई चलायामान बनाउने बताउनुभएको छ। बुधबार पर्यटन बोर्डले राखेको स्वागत कार्यक्रममा मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासको लागि आवश्यक नीतिगत सुधारको लागि मन्त्रालय तयार रहेको बताउँदै बोर्डलाई प्रभावकारी ढंगले सञ्चालन गर्दै पर्यटनलाई चलायमान बनाउन निर्देशन दिनुभयो।

नेपालमा पर्यटनको अथाह सम्भावना रहेको उल्लेख गर्दै उहाँले पर्यटनका लागि प्रकृतिले दिएको अद्धितीय सम्भावनाको सदुपयोग गर्दै नेपालको आर्थिक समृद्धिमा पर्यटनको योगदानलाई बढाउनु पर्नेमा जोड दिनुभयो। पर्यटन विकासका लागि सरकारको एकल प्रयास पर्याप्त नभएकोले सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरूप बोर्ड गठन गरिएको उल्लेख गर्दै पर्यटनलाई थप चलायमान बनाउन अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति आवश्यक भएको बताउनुभयो।

मन्त्रालयले बोर्डसँगै अन्य सम्बन्धित निकायहरूलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर अध्ययन गरिरहेको भन्दै उहाँले बोर्डले आयोजना गर्ने कार्यक्रमको औचित्य र प्रभावकारीलाई हेरेर नयाँ बजेट र कार्यक्रम बनाउन सुझाव दिनुभयो।

मन्त्रीलाई स्वागत गर्दै बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले नेपालको पर्यटन विकासको लागि गठित बोर्डको अवधारणा, भइरहेका गतिविधि तथा भावी कार्यक्रमबारे जानकारी दिनुभयो। कतिपय नीतिगत समस्याको कारण बोर्डले विदेशमा आयोजना गरिने कार्यक्रम गर्न नसकेको बताउनुभयो। साथै, नीतिगत तथा प्रक्रियागत सहजीकरण हुनसाथ विदेशमा गरिने कार्यक्रमलाई थप प्रभावकारी बनाउन सकिने बताउँदै त्यसका लागि सहजीकरण गरिदिन मन्त्री समक्ष आग्रह गर्नुभएको सेतोपाटी अनलाइनमा खबर छ।

Share this story on

Messenger Pinterest LinkedIn