नेपाली

दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्ने

criPublished: 2024-07-27 16:09:05
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्ने लक्ष्य लिएको बताउनुभएको छ। मन्त्री खड्काले सरकारको सो लक्ष्य प्राप्तिका लागि सहयोग गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालले आफ्नो २० औं स्थापना दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले मुलुकको विद्युत विकासको क्षेत्रमा सरकार निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताउनुभयो।

मन्त्री खड्काले निजी क्षेत्रको समस्या समाधान हुने गरी आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। विद्युत विकासलाई आफूले नजिकबाट नियालिरहेकाले काम गर्न सहज हुने उल्लेख गर्दै मन्त्री खड्काले त्यसका लागि साथ दिन निजी क्षेत्रलगायत संवद्ध सबै पक्ष आह्वान गर्नुभयो।

उहाँले भन्नुभयो, ‘अब हामी ९८ प्रतिशत विद्युतीकरण गरिसकेका छौं भनेका छौं। अब एक, डेढ वर्ष भित्र, दुई वर्षका लक्ष्य राखेपनि त्यो भन्दा अगाडि नै लक्ष्य प्राप्ति गरी सबैको घरमा विद्युतीकरण गरिसक्छौं भनिसकेपछि अब हामीले त्यही समूहले ज्ञान, सीप हासिल भइसकेको समूहले मुलुकमा कस्तो सहयोग पुर्याउन सकिन्छ भनेर खोजी गर्नुपर्दछ। एउटै कुरामा डिपेण्ड भएर बस्नुहुँदैन। समयसँगै हामी परिस्कृत हुनुपर्दछ। यहाँहरुको मुलुकले त्यो अपेक्षा गरेको छ।’’

मन्त्री खड्काले सशस्त्र द्वन्द्वकालको कठिन अवस्थामा पनि समुदायमा विद्युतीकरणको काम गरेको भन्दै समुदायमा आधारित विद्युतीकरण सम्बन्धि संघ, संस्थाप्रति आभार व्यक्त गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn