नेपाली

नेपालको दैनिक व्यापार घाटा ४ अर्ब

criPublished: 2024-07-25 16:51:58
Share
Share this with Close
Messenger Pinterest LinkedIn

गत आर्थिक वर्षमा आयात घटे पनि नेपालको दैनिक व्यापार घाटा करिब ४ अर्ब रुपैयाँ पुगेको छ । आयात नभई नहुने वस्तु र स्वदेशमै पर्याप्त सम्भावना भएको वस्तुमा समेत परनिर्भर हुँदा दैनिक व्यापार घाटा ३ अर्ब ९५ करोड रुपैयाँ पुगेको कान्तिपुर अनलाइनले लेखेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ छ । यो आर्थिक वर्ष २०७९/८० को तुलनामा ०.९६ प्रतिशतले कम हो । अघिल्लो वर्ष मुलुकको व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड पुगेको थियो ।

व्यापार घाटा सामान्य घटे पनि दैनिक ४ अर्ब घाटा हुनु स्वाभाविक मान्न नसकिने जानकारहरू बताउँछन् । घाटा कम गर्न र अर्थतन्त्रमा सुधार ल्याउन पुँजीगत खर्चमा जोड दिनुपर्ने उनीहरूको भनाइ छ । ‘पुँजीगत खर्च हुन नसक्दा अर्थतन्त्र चलायमान हुन सकेन । उद्योग राम्रोसँग चलेनन् । सर्वसाधारणसँग पैसा नहुँदा खपत घट्यो । त्यही कारण पनि आयात निर्यात घटेको छ । अर्थतन्त्र चलायमान बनाउँन पुँजीगत खर्च बढाउनैपर्छ,’ पूर्ववाणिज्य सहसचिव रवि सैंजूले भन्नुभयो, ‘यहीँ उत्पादन बढाएर आयात घटाउन सके राम्रो हुन्थ्यो । तर विडम्बना स्वदेशमै उत्पादन हुनसक्ने कृषि वस्तुमा समेत परनिर्भर हुनु परेको छ ।’

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाखको वस्तु आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १.१६ प्रतिशतले कम हो । अघिल्लो वर्ष १६ खर्ब ११ अर्ब ७३ करोडको आयात भएको थियो । तथ्यांकअनुसार कृषिप्रधान मुलुक भनिए पनि बर्सेनि अर्बौंको धान, चामल, मकै आयात भएको छ । तरकारी र फलफूल पनि उल्लेख्य रूपमा आयात भएको छ । यी वस्तु आयातले पनि व्यापार घाटा बढाउन मद्दत गरेको छ ।

गत आर्थिक वर्षमा १२ अर्ब ५ करोडको धान आयात भएको छ । ९ अर्ब २८ करोडको चामल, २३ अर्ब ४४ करोड रुपैयाँको फलफूल, २८ अर्बभन्दा बढीको तरकारी आयात भएको विभागको तथ्यांक छ । यीबाहेक १४ अर्ब ६ करोडको मकै, १३ अर्ब ४१ करोडको सोयाबिन (कच्चा पदार्थ) आयात भएको छ । ‘यी वस्तुहरूको उत्पादन स्वदेशमै बढाउन सकिन्छ । तर सरकारले त्यता ध्यान दिएको छैन । अनुदान दिएर उत्पादन बढाउन सकिन्छ, लागत घटाउन सकिन्छ,’ सैंजूले भन्नुभयो, ‘मल बीउ, सिँचाइ समयमै उपलब्ध गराउन सके उत्पादन बढाउन सकिन्छ, तर त्यता ध्यान दिएनौं । स्वदेशीभन्दा भारतीय कृषि उपज सस्तो भएपछि आयात बढ्यो ।’

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn