नेपाली

नागढुङ्गा–मुग्लिङ सडक विस्तार कार्य तीन महिना रोकिने

criPublished: 2024-07-25 16:53:08
Share
Share this with Close
Messenger Pinterest LinkedIn

विस्तार कार्य भइराखेको पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा–मुग्लिङ सडकखण्डको काम रोकिएको छ । बर्सातले गर्दा काम गर्न बाधा हुने भएकाले ठुला काम रोकिएको नागढुङ्गा–मुग्लिङ सडक आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो । असार, साउन, भदौ महिना सानातिना कामबाहेक पूर्ण रूपमा विस्तारको काम रोकिएको छ । इन्जिनियर आचार्यका अनुसार यो समयमा भीषण वर्षा हुने र निर्माणको कामलाई असर गर्ने भएकाले रोकिएको गोरखापत्र अनलाइनले लेखेको छ ।

पहिरो आएमा पन्छाउने, बाटो फराकिलो पार्न रुख काट्ने, जरुरी नाला बनाउनेबाहेकका काम केही नहुने उहाँले बताउनुभयो । मुग्लिङदेखि मलेखुसम्मको ४० किलोमिटर सडकको विस्तारको कामको निरीक्षण नागढुङ्गा–मुग्लिङ सडक आयोजना (पश्चिम खण्ड) लिएको छ । यस कार्यालयको क्षेत्रमा छ वटा ठुला पुल निर्माण कार्य जारी रहेको छ ।

छ वटा पुलमध्ये पाँच वटाको पिल्लर उठाइएको छ भने एउटाको बाँकी रहेको कार्यालयका सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो । ‘डेडिकेटेड डबल लेन’ मा विस्तार गर्ने यो सडक मुग्लिङ–नारायणगढको जस्तै चौडाइ रहने छ । बजार क्षेत्रमा भने चार लेनको निर्माण गरिने छ । साँघुरो स्थानमा कम्तीमा नौ मिटर फराकिलो बनाइने छ । अन्य स्थानमा चार लेनको बनाइने गरी दायाँबायाँको अवरोध हटाउने काम अन्तिम चरणमा पुगेको आचार्यले जानकारी दिनुभयो ।

गह्रुँगो सामान बोकेर गुडिरहेका ट्रकलाई उछिनेर अन्य सवारीसाधन जान समस्या हुने भएपछि साँघुरो, घुमाउरो, उकालो भएको स्थानमा अलग्गै लेन निर्माण गरिने सूचना अधिकारी आचार्यले बताउनुभयो ।

यो सडक विस्तारको काम सकिएपछि अब ट्रक अगाडि लाग्यो, अर्को अगाडि आएको छ छैन भनेर कुरेर बस्न पर्दैन । त्यस्ता साँघुरो स्थानमा तीन वटा लेन हुने छ । एउटामा ट्रक गुड्ने छ, अर्को दुई वटामा अन्य सवारीसाधन ढुक्कले चलाउन पाइने छ । यसो गर्दा समयको बचत र दुर्घटनाको जोखिम पनि कम हुने आचार्यले बताउनुभयो । पूर्व र पश्चिमबाट आएका र पोखरातर्फबाट काठमाडौँ जान आएका सवारीसाधनको चाप मुग्लिङ–नागढुङ्गा सडकखण्डमा पर्ने गरेको छ । यही चापलाई ध्यान दिएर भारी सवारीसाधनका लागि अलग्गै लेनको व्यवस्था गर्न लागिएको हो । अहिलेसम्म निर्माणको प्रगति हेर्दा १४ प्रतिशत पुगेको उहाँले बताउनुभयो ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn