नेपाली

नेपाल भ्रमण गर्ने विदेशी पर्यटकद्वारा दैनिक सरदर ८६ अमेरिकी डलर खर्च

criPublished: 2024-07-24 16:21:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालले सन् २०२३ देखि २०३३ सम्मलाई भ्रमण दशकका रूपमा मनाइरहे पनि नेपाल आउने विदेशी पर्यटकको दैनिक खर्च एक सय अमेरिकी डलर पनि पुग्न सकेको छैन। अर्कोतिर विदेशी पर्यटकहरू नेपालका मुख्य तीन पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, सौराहा (चितवन)मै केन्द्रित रहने गरेको पाइएको रातोपाटी अनलाइनले लेखेको छ।

नेपाल आउने विदेशी पर्यटकको १५ प्रतिशत हिस्सा ट्रेकिङ अर्थात् पदयात्रा तथा पर्वतारोहणले धानिरहेको अवस्था छ भने ६० प्रतिशतभन्दा बढी वाइल्डलाइफ र पर्यापर्यटनले धानेको छ। हवाई मार्गबाट आउने विदेशी पर्यटकको पहिलो गन्तव्य काठमाडौँ नै हुने गर्दछ। यस हिसाबले पनि विदेशी पर्यटकको ठुलो हिस्सा काठमाडौँ उपत्यकाका धार्मिक, सांस्कृतिक सम्पदा अवलोकनमा केन्द्रित हुने गरेको छ। त्यसपछि उनीहरूको रोजाइमा पोखरा र सौराहा पर्ने गरेको छ।

पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२३ मा हवाई र स्थलमार्ग हुँदै १० लाख १४ हजार ८८२ पर्यटक नेपाल भित्रिएका थिए। जसमध्ये करिब १६ प्रतिशत अर्थात् १ लाख ५४ हजार पर्यटक हिमाल आरोहण तथा ट्रेकिङका लागि गए भने ६२.५० प्रतिशत (६ लाख ३४ हजारभन्दा बढी पर्यटक) बिदा मनाउने गरी नेपाल आएका थिए। उनीहरू तीन गन्तव्य काठमाडौँ, पोखरा र सौराहामै रमाए।

१३ प्रतिशत अर्थात् १ लाख ३२ हजार धार्मिक पर्यटक काठमाडौँको पशुपतिनाथ र लुम्बिनीसम्म पुगेकामा नगण्य मात्रामा विदेशी पर्यटक मुक्तिनाथ, पाथीभरा, जनकपुरको जानकी मन्दिर लगायतको क्षेत्रमा पुगेको बोर्डको तथ्याङ्क छ।

आर्थिक वर्ष २०८०/८१ मा हवाई र स्थलमार्ग गरी करिब २८ लाख पर्यटक नेपाल भित्रिएको बोर्डको भनाइ छ। २०८० साउनदेखि २०८१ असार मसान्तसम्म हवाई मार्ग हुँदै ११ लाख २१ हजार ४११ विदेशी पर्यटक नेपाल भित्रिएकामा स्थलमार्ग (सडक) हुँदै करिब १७ लाख पर्यटक नेपाल भित्रिएको हुनसक्ने बोर्डको अनुमान छ। नेपाल पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेका अनुसार हवाई मार्ग हुँदै भित्रिने पर्यटकको तुलनामा ३० देखि ४० प्रतिशतभन्दा बढी स्थलमार्ग हुँदै आउने गरेका छन्।

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn