नेपाली

एक चीन नीतिमा नेपाल प्रतिबद्ध रहेको नेपालका गृहमन्त्रीको भनाइ

criPublished: 2024-07-23 16:22:18
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालका गृहमन्त्री रमेश लेखकले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनु भएको छ। जुलाई २२ तारिख सोमबार सिंहदरबारस्थित गृह मन्त्रालमा नेपालका लागि चीनका राजदूत छन सोङसँगको भेटमा मन्त्री लेखकले उक्त कुरा बताउनु भएको अनलाइन खबरले लेखेको छ।

नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ। नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरूको विरुद्धमा प्रयोग हुन नदिन नेपाल सचेत रहेको गृहमन्त्री लेखकले बताउनु भएको छ।

भेटमा गृहमन्त्री लेखकले दुई देशबीच सधैँ सौहार्दपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपालको पूर्वाधार विकास लगायतका क्षेत्रमा चीन महत्वपूर्ण विकास साझेदार रहेको बताउनुभयो।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पूर्वाधार निर्माण र क्षमता विकासमा पुर्‍याएको सहयोगका लागि चीनलाई गृहमन्त्री लेखकले धन्यवाद दिनुभयो।

राजदूत छन सोङले पनि नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास व्यक्त गर्नुभयो। राजदूत छन सोङले सीमा व्यवस्थापन, सीमापार हुने अपराध नियन्त्रण र दुवै मुलुकका नागरिकको सुरक्षाका लागि नेपाल सरकारसँग समन्वय गर्ने र आफ्नो तर्फबाट समेत सहयोग हुने भेटवार्तामा स्पष्ट पार्नुभयो। अध्यागमन प्रशासनलाई सुदृढ बनाउन चीन सरकारबाट सक्दो सहयोग हुने उहाँको भनाइ छ।

Share this story on

Messenger Pinterest LinkedIn