नेपाली

उपप्रधानमन्त्री सिंह र चिनियाँ राजदूतबीच भेटवार्ता

criPublished: 2024-07-19 17:28:36
Share
Share this with Close
Messenger Pinterest LinkedIn

उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंह र चिनियाँ राजदूत छन सोङबीच बिहीबार भेटवार्ता भएको छ। राजदूतले मन्त्री सिंहलाई बधाईसहित कार्यकाल सफलताको शुभकामना दिनुभयो।

नेपाल र चीनबीचमा सहरी विकासको क्षेत्रमा के-के विषयमा सहकार्य गर्न सकिन्छ भन्ने विषयमा पनि उहाँहरूबीच कुराकानी भएको सेतोपाटी अनलाइनले जनाएको छ। ‘भेटमा नेपाल र चीन बीचमा सहरी विकासको क्षेत्रमा कुन-कुन विषयमा सहकार्य हुनसक्छ, अहिले के भइरहेको छ भन्नेमा सामान्य समीक्षा भयो, ‘सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भन्नुभयो, ‘हामीले स्मार्ट सिटी बनाउने भनेका छौँ। स्मार्ट सिटी बनाउने क्रममा प्रविधिसँग त्यसलाई कसरी जोड्न सक्छौँ, ट्राफिक लाइट, रोड सेफ्टीजस्ता कुरामा चीन सरकारले सहयोग गर्न सक्छ भन्ने कुरा भयो।’

उहाँका अनुसार चीनसँग सीमा जोडिएका हिमाली क्षेत्रमा १० वटा हिमाली सहर बनाउने कुरा पनि भएको छ।‘त्यसमा पनि चीन सरकारले सहयोग गर्न सक्छ भन्ने कुरा उहाँहरूले राख्नुभयो,´ उहाँले भन्नुभयो।

रूकुम र जाजरकोटमा अघिल्लो वर्ष गएको भूकम्पपछिको पुननिर्माणमा समेत सघाउन तयार रहेको राजदूत छनले भेटका क्रममा बताएको उहाँको भनाइ छ।

Share this story on

Messenger Pinterest LinkedIn