नेपाली

रोजगारीका लागि बिदेशिनेको संख्या ३.८८ % ले घट्यो

criPublished: 2024-07-17 16:12:59
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वैदेशिक रोजगारीमा ७ लाख ४१ हजार २ सय ९७ जना नेपाली श्रमिक गएका छन् । जसमा ८० हजार महिला श्रमिक छन् । यो २०७९/८० को आर्थिक वर्षको तुलनामा ३.८८ प्रतिशतले कम हो।

वैदेशिक रोजगार विभागका अनुसार नयाँ श्रम स्वीकृति लिई म्यानपावर कम्पनीमार्फत जानेहरूमा तीन लाख ५३ हजार जना रहेका छन् । व्यक्तिगत पहुँचको आधारमा ९५ हजार ३८ जना गएका छन् । वैदेशिक रोजगारीमा गई वार्षिक बिदामा आएर श्रम नवीकरण गर्नेहरूमा दुई लाख ८१ हजार रहेका छन् ।

विभागमा प्रवक्ता गुरुदत्त सुवेदीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा २९ हजार ९ सय ३० जना कम गएको हो । अघिल्लो आर्थिक वर्षमा ७ लाख ७१ हजार नेपाली श्रमिक श्रम स्वीकृति लिएर वैदेशिक रोजगारी गएका थिए । जुन सबैभन्दा बढी हो ।

मलेसिया र कतारले श्रमिक लैजान कटौती गरेपछि वैदेशिक रोजगारीमा जानेको संख्या घटेको हो । मलेसियाले दुई महिनादेखि श्रमिक लैजान पूर्णरुपमा बन्द गरेको छ भने कतारले विश्वकप पछि श्रमिक लैजान कटौती गरिरहेको कान्तिपुर अनलाइनले जनाएको छ।

श्रम विज्ञ गणेश गुरुङ नेपालमा आधारभूत आवश्यकता पूरा गर्ने रोजगारी नभएसम्म वैदेशिक रोजगारीमा नेपालीको संख्या बढ्दै गएको विषयलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो। उहाँले वैदेशिक रोजगारीले मुलुकको सिंगो अर्थ प्रणालीलाई नियमित रुपमा सञ्चालन गर्न तेलको काम गर्न थालेको बताउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn