नेपाली

प्रधानमन्त्री ओलीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट, मित्रता अझै प्रगाढ बनाउनेबारे छलफल

criPublished: 2024-07-16 16:48:09
Share
Share this with Close
Messenger Pinterest LinkedIn

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत छन् सुङ्गले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटमा उहाँले प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा ओलीलाई बधाई दिनुभएको थियो।

सो भेटमा दुई देशबीचको मित्रता अझै प्रगाढ बनाउने र सहयोग बढाउने विषयमा छलफल भएको राजदूत सुङ्गले जानकारी दिनुभयो।

प्रधानमन्त्री ओलीलाई बधाई दिँदै राजदूत सुङ्गले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘हामी मित्रतालाई अझ प्रगाढ बनाउनका लागि व्यवहारिक सहयोगमा गति दिन सहमत छौं ।’

एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सोमबार प्रधानमन्त्रीको पदको शपथ ग्रहण गर्दै कार्यभार सम्हाल्नुभएको थियो।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ६ साउनमा प्रतिनिधि सभालाई सम्बोधन गर्ने निश्चित भएको अनलाइनखबरले जनाएको छ। प्रधानमन्त्री पदको शपथ लिएका ओलीले पहिलो संसद् सम्बोधनको मिति तय भएको हो । ‘आज स्थगित भएको बैठक ६ साउनमा बस्दैछ । त्यसैदिन प्रधानमन्त्रीको पहिलो सम्बोधन हुने भएको छ’, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भन्नुभयो।

उहाँका अनुसार ७ साउनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम छ।

Share this story on

Messenger Pinterest LinkedIn