नेपाली

जापानबाट सुरू भएको ‘कुमोन सिकाइ विधि’नेपालमा

criPublished: 2024-07-16 16:50:59
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जापानबाट सुरु भएको प्रविधि र व्यक्ति सिकाइमा आधारित ‘कुमोन सिकाइ विधि’ नेपालमा पनि लागू गर्न थालिएको छ। व्यक्तिपिच्छे सिक्ने क्षमता फरक–फरक हुन्छ भन्ने मान्यता बोक्ने यस विधिमा तालिमप्राप्त शिक्षकबिना नै विद्यार्थीले डिजिटल ट्याब्लेटका माध्यमबाट आफ्नै शैलीमा सिक्ने जनाइएको छ ।

उक्त विधिको आधिकारिक नेपाल प्रतिनिधि आइसिजी बिजनेस होल्डिङ प्रालिले ललितपुरको ग्वार्को युनाइटेड र काठकाडौँको कलङ्कीस्थित एलआरआइ स्कुलका कक्षा ३ र ४ का करिब १५०० विद्यार्थीलाई कुमोन पद्धतिको अभ्यास सञ्चालन गरेको हो। जापानको कुमोन एजुकेशन कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक कात्सुयुकी इनोउले सोमबार ती विद्यालयका सञ्चालित कुमोन अभ्यासको अवलोकनका गर्नुभयो। उहाँले नेपालका धेरैभन्दा धेरै विद्यार्थीलाई स्वतन्त्र रूपले आफ्नो लयमा आफैँ सिक्ने सीपहरू बढाउन यो विधिले सोच्ने क्षमता अभिवृद्धि हुने बताउनुभयो । यो विधिबाट समस्या समाधान गर्ने क्षमताको विकास हुनाका साथै जीवन जिउने कलाको विकास गर्ने उहाँले जनाउनुभयो ।

एलआरआइ स्कुलका प्रिन्सिपल डा देवीकान्त जोशीले दैनिक ३० मिनेटको कुमोन विधिले विद्यार्थीहरूको अध्ययन गर्ने बानी र व्यवहारमा सकारात्मक परिवर्तन आएको बताउनुभयो। युनाइटेड स्कुलका प्रिन्सिपल मनोज विश्वकर्माले यो विधि एक अद्धितीय स्वयं सिकाइ र विद्यार्थीकेन्द्रित विधि भएकाले प्रभावकारी हुने बताउनुभयो।

आइसिजी होल्डिङका अध्यक्ष गणेशमान लामाले शिक्षामा गुणस्तर बढाउने ध्येयले उक्त विधि नेपाल ल्याइएको बताउँदै शिक्षक तालिम, शिक्षा नीति, पाठ्यक्रम र पाठ्यपुस्तकमा परिमार्जनका लागि बहस हुने गरे पनि विद्यार्थीको दिमागी तालिम र अभिवृद्धिका लागि सोचको विकास भइनसकेको बताउनुभयो ।यस विधिले विद्यार्थीले ‘आइक्यु’स्तरमा सुधार गरेर ‘अपरेटिङ’ प्रणालीलाई छिटो गर्न मद्दत गर्ने अध्यक्ष लामाले जानकारी दिनुभयो। यसले विद्यार्थीको दैनिक क्रियाकलापको मूल्याङ्कन गर्छ भने विद्यार्थीको दिमागको कसरी प्रयोगको भइरहेको छ भन्नेबारेमा आइआए (कृत्रिम बुद्धिमत्ता)का माध्यमबाट कुमोनका कर्मचारीलाई सूचित हुन्छ।

Share this story on

Messenger Pinterest LinkedIn