नेपाली

चीन जोड्ने तातोपानी मार्ग ठप्प, बाढीले हाइड्रोपावर र पुल बगायो

criPublished: 2024-07-16 16:49:55
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अन्नपूर्णपोस्टका अनुसार बाढीले इन्द्रावती नदीमा लगाएको अन्दाजी एक सय मिटर ग्याबिन जाली बगाई तिपेनी मेलम्चीको सडक अवरोध गरेको छ। चीनसँग जोड्ने बाह्रबिसे–तातोपानी सडकमा पर्ने खाग्दल बजारमा रहेको बेलिब्रिज बाढीले बगाएको छ। खाग्दल खोलामा आएको बाढीले बेलिब्रिज बगाउँदा तातोपानी–बाह्रबिसेको सडक सम्पक टुटेको छ।

इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीका अनुसार सोमबार रातको २ बजे खाग्दल खोलामा आएको बाढीले बेलिब्रिज बगाएसँगै आसपासका आधा दर्जन घरटहरामा क्षति पुर्‍याएको छ। अविरल वर्षात् कारण उर्लिएको खाग्दल खोला रातको दुई नबज्दै बेलिब्रिज माथिबाट बग्न थालेपछि स्थानीयको भागाभाग भएको थियो।

पुल बगाएर वारपर नदी पसेपछि जोखिमबाट स्थानीयलाई जोगाउन रातिनै नजिकैको सुरक्षित स्थानमा लगिएको प्रहरीले जनाएको छ। खाग्दलसहित कोदारी राजमार्गको खण्डपिच्छै विभिन्न स्थानमा बाढीपहिरो गएपछि सडक भएको छ। खागदल खोला नजिक रहेको तीन घर जोखिममा रहेको प्रहरीले बताएको छ। त्यहाँ रहेका नौ जना मानिसहरूलाई नेपाली सेना र नेपाल प्रहरीले सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो। भट्टराईका अनुसार उद्धारपश्चात ९ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn