नेपाली

दोब्बरले बढ्यो वैदेशिक लगानी, एघार महिनामा आठ अर्ब भित्रियो

criPublished: 2024-07-14 16:51:05
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा भित्रिने वैदेशिक लगानी (एफडिआई) दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म आठ अर्ब १६ करोड रुपियाँ विदेशी लगानी भित्रिएको गोरखापत्र अनलाइनले लेखेको छ। गत वर्ष सो अवधिमा चार अर्ब ६५ करोड रुपियाँ लगानी भित्रिएको थियो ।

गत आवको ११ महिनाको तुलनामा यस आवको ११ महिनामा चार अर्ब ४९ करोड रुपियाँ वैदेशिक लगानी भित्रिएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । नीतिगत सुुधारसँगै चालु आवको सुरुदेखि नै विदेशी लगानी व्रmमिक रूपमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

११ महिनामा पुँजीगत ट्रान्सफर २५.७ प्रतिशतले कमी आई पाँच अर्ब ४६ करोड कायम भएको छ । गत वर्ष सो अवधिमा पुँजीगत ट्रान्सफर सात अर्ब ३५ करोड कायम रहेको थियो ।

चालु आवको ११ महिनामा ४४ अर्ब ३४ करोड रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । गत आवमा ३८ अर्ब लगानी प्रतिबद्धता आएको थियो । ११ महिनामा ३१९ वटा परियोजनामार्फत कुल ४४ अर्ब ४१ करोड ९८ लाख २६ हजार वैदेशिक लगानी प्रतिबद्धता आएकोमा सबैभन्दा धेरै चीनबाट २३३ परियोजनामा २१ अर्ब १४ करोड ५६ लाख चार हजार रुपियाँको लगानी प्रतिबद्धता आएको छ । यस्तै दोस्रोमा कोरियाबाट १६ वटा परियोजनामा १२ अर्ब ९६ करोड १० लाख रुपियाँको लगानी प्रतिबद्धता आएको छ ।

भारतबाट १८ वटा परियोजनाबाट दुई अर्ब ७३ करोड ४६ लाख ५५ हजार रुपियाँको वैदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । यस्तै अमेरिकाबाट १५ वटा परियोजनामार्फत एक अर्ब ५१ करोड ९३ लाख ९८ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । हङकङबाट दुई वटा परियोजनामा ४२ करोड, सिँगापुरबाट तीन वटा परियोजनामार्फत एक अर्ब ४१ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ । युनाइटेड अरब इमिरेट्सबाट दुई वटा परियोजनामार्फत ५० करोड रुपियाँ, नेदरल्यान्ड्सबाट तीन वटा परियोजनामा ११ करोड ४४ लाख रुपियाँ, भियतनामबाट दुई वटा परियोजनामार्फत ३० करोड रुपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn