नेपाली

चीन भ्रमणमा रहेका नेपाली महिला सभासदहरुद्वारा बेइजिङमा सघन भेटघाट

criPublished: 2024-07-14 16:48:42
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीन भ्रमणमा रहेका नेपालका एक दर्जन महिला सभासदहरु सेमिनारमा सहभागितासँगै उच्च तहको भेटघाटमा व्यस्त देखिएका छन्। दक्षिण एशियाली महिला राजनीतिक नेतृत्वसम्बन्धी सेमिनारमा भाग लिएका उहाँहरुले चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका महानिर्देशक लुओ चाओहुईसँग भेट गर्नु भएको छ। लुओ केही समयअगाडि लगानी सम्मेलनमा भाग लिन नेपाल आउनु भएको जनआस्था अनलाइनले लेखेको छ।

नेपाली महिला सभासदको नौ सदस्यीय टोलीले माल्दिभ्सकी उच्चशिक्षा मन्त्री मारियाको नेतृत्वमा लुओसङ्ग संयुक्त भेट गरेको हो। भेटमा महानिर्देशक लुओले दक्षिण एसियामा लैंगिक समानता र महिला तथा बालबालिकाको विकासमा चीनले सहयोग गर्नसक्ने जनाउनु भएको छ।

भेटमा श्रीलंकन स्वास्थ्य राज्यमन्त्री सीथा र नेपाली प्रतिनिधिमण्डलको तर्फबाट सांसद सुशिला श्रेष्ठले धारणा राख्नु भएको एजेन्सीले जनाएको छ। सेमिनारमा नेपाललगायत श्रीलंका, माल्दिभ्स,पाकिस्तानका महिला मन्त्री तथा सांसदहरुले भाग लिइरहेका छन्।

यस्तै महिला सभासदहरु बेइजिङमा आयोजित अर्को एउटा उच्चस्तरीय बैठकको उद्घाटन समारोहमा पनि सहभागी भएका छन्। ग्लोबल शेयर्ड डेभलपमेन्ट एक्सन फोरमको दोस्रो उच्चस्तरीय बैठकलाई चिनियाँ विदेशमन्त्री वाङ यीले सम्बोधन गर्नुभएको थियो।

गत सोमबार राति पौने १२ बजे चाइना साउदर्नको उडान नम्बर सिजेड ३०६८ मा १२ जनाको टोली काठमाडौँबाट ग्वाङ्चौ हुँदै बेइजिङ गएको थियो। टोलीमा सुशीला, सूर्यकुमारी श्रेष्ठ, अमृता अग्रहरि, कल्पना मियाँ कुसारी, दुर्गा राई, ललिताकुमारी चौधरी, हर्कमाया विश्वकर्मा, बिनिताकुमारी सिंह, ईश्वरी घर्ति हुनुहुन्छ। त्यसैगरी सहायक निर्देशक देविका घर्ति मगर,शाखा अधिकृत प्रतिमा ढकाल र विज्ञ राजकुमारी चौधरी पनि टोलीमा सहभागी हुनुहुन्छ। नेपाली प्रतिनिधिमण्डल जुलाई १४ तारिख आइतबार बिहान बेइजिङबाट नानचिङ प्रस्थान गरेको छ।

Share this story on

Messenger Pinterest LinkedIn