नेपाली

वर्षाले नेपालभर २६२ सडक खण्डमा यातायात अवरुद्ध

CRIPublished: 2024-07-13 16:04:34
Share
Share this with Close
Messenger Pinterest LinkedIn

निरन्तरको वर्षा अनि त्यसले निम्त्याएको बाढीपहिरो, सडक भासिने आदि समस्याका कराण नेपालभर २६२ ठाउँमा बाटो अवरुद्ध बनेको छ । जुलाई १२ तारिख शुक्रबार साँझसम्म मुख्य र सहायक सडक गरी यत्तिका स्थानमा अवरोध पुगेको सडक विभागले जनाएको छ । पानी परिरहेकाले सडक अवरुद्ध हुने र क्षति थपिने क्रम जारी रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बताएको छ । सबैभन्दा बढी क्षति सडकमा भएको कान्तिपुर अनलाइनले लेखेको छ।

यसबाट असार १ यता मात्र सडक र पुलमा गरी एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको भनाइ छ । मुलुकका विभिन्न स्थानबाट क्षतिको विवरण आउने क्रम जारी रहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुशीलबाबु ढकालले बताउनुभयो। ‘अहिलेसम्म प्रारम्भिक अनुमानअनुसार १ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ,’ उहाँले भन्नुभयो, ‘क्षतिको विवरण संकलन भएर आउने क्रममै छ ।’ यो सडक विभागले हेर्ने राष्ट्रिय राजमार्गहरूको मात्र क्षति रकम भएको उहाँको भनाइ छ ।

‘फेरि त्यही ठाउँमा नयाँ सरंचना बनाउन बढी खर्च लाग्छ,’ ढकालले भन्नुभयो, ‘पछिल्लो पटक मानवीय र भौतिक क्षति धेरै चितवनको नारायणगढ–मुग्लिङ सडक खण्डमा भएको छ ।’ भौगोलिक अवस्थितिलाई ध्यानमा राखेरै विस्तारपूर्व गरिने डिजाइनका सबै काम भएरै स्तरोन्नतिको काम भएको हो । ‘मुख्य राजमार्गभन्दा माथि गाउँ जोड्न जथाभावी सडक निर्माण गरिँदा त्यसको असर राजमार्गहरूमा परेको छ,’ उहाँले भन्नुभयो, ‘यो सडकमा पनि एउटा समस्या त्यही हो ।’

भौगोलिक अवस्था नबुझी र वातावरणीय प्रभाव मूल्यांकनको कामै नगरी मुख्य राजमार्गबाट गाउँ जोड्ने कच्ची सडक निर्माण गरिँदा त्यसको प्रभाव राजमार्गहरूमा पर्दै आएको उहाँको भनाइ छ । अहिले सडक विभागले हेर्ने विभिन्न सडक पहिरोका कारण अवरुद्ध छन् । कोशी राजमार्गको लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथांकाअन्तर्गत समाटार खण्ड अवरुद्ध छ । असार ६ देखि पहिरो खसेर यातायात ठप्प बनेको यो सडक अझै सञ्चालनमा आउन सकेको छैन । असार १८ देखि अवरुद्ध रहेको डुम्रे–बेंसीसहर–चामेअन्तर्गत लमजुङको तिमाङ खण्डमा अझै सवारीसाधन चल्न सकेका छैनन् । कालीगण्डकी करिडोरको तानसेन–रिडी–कोरलाअन्तर्गत स्याङ्जाको रातोडाँडा र बिसौना खण्ड असार २० बाट पहिरो खसेर अवरुद्ध छ । मध्यपहाडी राजमार्गमा पर्ने बागलुङको काउछे–मनेवा खण्ड असार ६ मा र डोटीको रामपुर खण्ड असार २३ देखि सडक अवरुद्ध छ ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn