नेपाली

नेपालमा बाढीपहिरोबाट हालसम्म ८० को मृत्यु, पाँच बेपत्ता

CRIPublished: 2024-07-10 15:37:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अविरल वर्षापछिको बाढी, पहिरोलगायत विपद्बाट जुलाई १० तारिख बुधबारसम्म नेपालमा ८० जनाको मृत्यु भएको छ। गत जेठ २८ देखि हालसम्म काठमाडौँ उपत्यकामा एक, कोसीमा १९, मधेसमा तीन, बागमतीमा चार, गण्डकीमा २२, लुम्बिनीमा २०, कर्णालीमा चार र सुदूरपश्चिम प्रदेशमा सात जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

मौसमजन्य विपद्मा परी पाँच जना बेपत्ता तथा ९७ जना घाइते भएका छन्। बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। विपदमा फसेका ५३ जनाको उद्धार गरिएको छ।

बाढीका कारण एक सय ६१ घर डुबानमा परेका छन्। एक सय ३८ घर, ५४ गोठ, ४१ पुल, एउटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिनुभयो। उक्त अवधिमा विपद्का घटनाबाट दुई हजार सात सय ६४ घर परिवार विस्थापित भएका छन्।

Share this story on

Messenger Pinterest LinkedIn