नेपाली

नेपालमा धान : उत्पादनमा वृद्धि हुँदै, आकर्षण घट्दै

CRIPublished: 2024-07-10 15:40:41
Share
Share this with Close
Messenger Pinterest LinkedIn

लुम्बिनीमा तीन लाख ११ हजार ६४३ मध्ये एक लाख ३८ हजार ३६४ हेक्टरमा ४४.४ प्रतिशत धान रोपाइँ भएको छ। कर्णालीमा ४१ हजार ९०४ मध्ये १९ हजार ९०४ हेक्टरमा ४७.५ प्रतिशत धान रोपाइँ भएको छ। सुदूरपश्चिम प्रदेशमा एक लाख ७४ हजार ५७६ मध्ये एक लाख ५० हजार ६२ हेक्टरमा ८६ प्रतिशत धान रोपाइँ भएको छ।

कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डा. हरिबहादुर केसीका अनुसार यो वर्ष असारको अन्तिमसम्म ६० देखि ७० प्रतिशतसम्म रोपाइँ हुने आँकलन गरिएको छ।

पोहोर साल मधेसमा कम रोपाइँ भए पनि यो पटक राम्रो रोपाइँ भइरहेको छ। उहाँले कोशी र मधेसमा भर्खर रोपाइँ सुरु भएको बताउनुभयो।

डा. केसीले भन्नुभयो, “दुई, तीन दिन मजाले पानी परेको छ। गत आर्थिक वर्ष यो महिनामा ४२ प्रतिशत धान रोपाइँ भएको थियो। यो वर्ष अहिलेसम्म ३९ प्रतिशत भएको छ। पोहोर साल मधेसमा अलिकति कम रोपाइँ भयो, यो समयमा भने राम्रै रोपाइँ भइरहेको छ।”

उहाँले भन्नुभयो, “असार अन्तिम हुँदा ६० देखि ७० प्रतिशतसम्म जाला। असारमा ९० देखि ९५ प्रतिशत रोपाइँ हुन्छ। मधेश र कोशीको चाहिँ बल्ल रोपाइँ सुरु भएको छ। मौसमले खासै असर गरेको छैन, सिँचाइको सुविधा नभएको ठाउँमा अलि समय लाग्छ।”

राष्ट्रिय सिँचाइ नीति, २०८० ले सन् २०४० सम्म देशभरको सबै खेतीयोग्य जमिनमा बाह्रै महिना सिँचाइ पुर्‍याउने लक्ष्य लिएको छ। चौलागाईंले धान प्रतिस्थापन दर २३.१४ प्रतिशत पुगेको जानकारी दिनुभयो। उहाँले हाल ६५ प्रतिशत कषि क्षेत्रमा सिँचाइ भइरहेको बताउनुभयो।

नेपालमा धान रोपाइँ हुने क्षेत्रफल जम्मा १३ लाख ९८ हजार २७३ हेक्टर छ। यसमध्ये साढे पाँच लाख हेक्टरमा धान रोपाइँ हुँदै आएको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn