नेपाली

नेपाली महिला सांसदहरुको टोली काठमाडौँबाट चीन प्रस्थान

CRIPublished: 2024-07-09 15:34:41
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालको संघीय संसदका झण्डै एक दर्जन महिला माननीयहरु चीन भ्रमणका लागि काठमाडौँबाट बेइजिङ प्रस्थान गरेका छन्। नेपाली प्रतिनिधिमण्डल चीनको राजधानी बेइजिङमा आयोजना हुने दक्षिण एशियाली महिला राजनीतिक नेतृत्वसम्बन्धी सेमिनारमा भाग लिने कार्यक्रम रहेको जनआस्था अनलाइनले लेखेको छ। जुलाई ८ तारिख सोमबार राति पौने १२ बजे चाइना साउदर्नको उडान नम्बर सिजेड ३०६८ मा १२ जनाको टोली काठमाडौँबाट क्वाङ्चौ प्रस्थान गरेको हो।

यही जुलाई १० देखि १६ तारिखसम्म चीनमा आयोजना हुने दक्षिण एशियाली महिला राजनीतिक नेतृत्वसम्बन्धी सेमिनार अखिल चीन महिला सङ्घ र चिनियाँ अन्तर्राष्ट्रिय विकास सँस्था एजेन्सीले सङ्युक्त रुपमा आयोजना गरेका हुन्।

उक्त प्रतिनिधि मण्डलमा सभासदहरु सुशीला श्रेष्ठ, सूर्यकुमारी श्रेष्ठ, अमृता अग्रहरि, कल्पना मियाँ कुसारी, दुर्गा राई, ललिताकुमारी चौधरी, हर्कमाया विश्वकर्मा, बिनिताकुमारी सिंह, ईश्वरी घर्ति सहभागी हुनुहुन्छ। त्यसैगरी सहायक निर्देशक देविका घर्ति मगर, शाखा अधिकृत प्रतिमा ढकाल र विज्ञ राजकुमारी चौधरी पनि टोलीमा रहनु भएको छ।

Share this story on

Messenger Pinterest LinkedIn