नेपाली

पर्यटक आगमनमा झन्डै तेइस प्रतिशतको बढोत्तरी

criPublished: 2024-07-05 16:05:31
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् २०२३ को छ महिनाको तुलनामा यो वर्ष पर्यटक आगमन झन्डै २३ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को छ महिनामा पाँच लाख ८३ हजार १६ जना पर्यटक नेपाल भित्रिएका गोरखापत्र अनलाइनले जनाएको छ। बोर्डको निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “सन् २०२४ को छ महिनामा चार लाख ७६ हजार ४८१ पर्यटक नेपाल घुम्न आएका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो वर्षको छ महिनाको तथ्याङ्क हेर्दा एक लाख छ हजारको हाराहारीमा पर्यटक बढेका देखिन्छन् ।”

उहाँका अनुसार सन् २०१९ को तुलनामा यो वर्ष दुई प्रतिशतले पर्यटक आगमन बढेको छ। सन् २०१९ को जुन महिनामा ७४ हजार ८८३ जना विदेशी पर्यटक नेपाल आएकामा यो वर्षको सोही अवधिमा ७६ हजार ७३६ पर्यटक नेपाल आएका छन् । निर्देशक लामिछानेले पछिल्लो समय पर्यटक आगमन दर बढ्दै गइरहे पनि आगामी आव २०८२/८३ मा १६ लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा हुन सन् २०१९ को तुलनमा ३३ प्रतिशतले पर्यटक भित्रिनुपर्ने जानकारी दिनुभयो।

त्यस्तै गरी महँगो हवाई शुल्क, टिकट समयमै नपाउने र पाए पनि महँगो हुँदा पर्यटकले अन्यत्रका गन्तव्य रोज्ने गरेको बताउँदै उहाँले पर्यटक नेपालबाट फर्किंदा कर छुटको सुविधा लिन विदेशी ट्राभल एजेन्सीमार्फत टिकट लिन थालेपछि नेपाली मुद्रा विदेश गइरहेको जनाउनुभयो ।

बोर्डका अनुसार सन् २०२३ को जुन महिनामा ७२ हजार २५० पर्यटक नेपाल आएकामा यो वर्ष गत वर्षको तुलनामा ६.२१ प्रतिशतले पर्यटक आगमन बढेको छ । नेपाल आउने पर्यटकमध्ये भारतीय पर्यटक बढी छन् । सामान्यतया भारतबाट नेपाल घुम्न आउने पर्यटक गर्मी छल्न आउने भए पनि यस वर्ष जाडोको महिनामा पनि नेपालमा प्रशस्तै भारतीय पर्यटक आएका कारण वृद्धि भएको हो । भारतबाट जुनमा ३७ हजार ८३५ पर्यटक नेपाल भित्रिएका छन् । यस्तै दोस्रोमा अमेरिकाबाट आठ हजार २८१, चीनबाट सात हजार ४९४ जना पर्यटक नेपाल भित्रिएका छन् ।

Share this story on

Messenger Pinterest LinkedIn