नेपाली

हरेक बालीको उत्पादन वृद्धि हुने अनुमान

criPublished: 2024-06-28 16:48:54
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चालु आर्थिक वर्ष नेपालमा सबै बालीको उत्पादन बढ्ने अनुमान सरकारले गरेको छ। आर्थिक सर्वेक्षण २०८०/८१ का अनुसार धान, गहुँ, मकैलगायत खाद्यान्न बालीको उत्पादन ४.३६ प्रतिशत तथा नगदेबालीका रूपमा रहेका आलु र तेलहन बालीको उत्पादन ५.०७ प्रतिशतले बढ्ने अनुमान गरेको गोरखापत्र अनलाइनले लेखेको छ।

त्यस्तै औद्योगिक बालीको उत्पादन ४.६३ प्रतिशत, दलहन बाली ४.७९ प्रतिशत, मसलाबाली ३.७४ प्रतिशत, फलफूल बाली ०.६७ प्रतिशत र तरकारी ०.५२ प्रतिशतले वृद्धि हुने अनुमान सर्वेक्षणले गरेको छ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले चालु आवको फागुनसम्म ९४.१७ मेट्रिक टन स्रोत बिउ उत्पादन गरेको छ।

आर्थिक सर्वेक्षण २०८०/८१ का अनुसार तरकारी, फलफूल, अलैँचीलगायत गरी चार लाख २० हजार ५८ बेर्ना/बिरुवा र आलुको ४३ हजार ७५५ दाना पूर्व मूल बिउ उत्पादन भएको छ। यस्तै ६० जातको पञ्जीकरण तथा उन्मोचनको कार्य अघि बढेको उल्लेख छ।

नार्कले कृषि क्षेत्रमा जातीय तथा नस्ल विकास, प्रविधि विकास एवं हस्तान्तरण, स्रोत सामग्री उत्पादन, आनुवंशिक स्रोत संरक्षणलगायतका कार्यक्रम सञ्चालन हुँदै आएको छ।

गत आर्थिक वर्ष १८ जात पञ्जीकरण/उन्मोचनको कार्य र बाली, बागवानी, पशु तथा मत्स्यपालन यान्त्रिकीकरणको गरी जम्मा २५ नयाँ प्रविधि विकास भएको थियो।

जिन बैङ्क, तन्तु बैङ्क र डिएनए बैङ्क गरी गत आव एक हजार ७५ बालीको आनुवंशिक स्रोत संरक्षण गरिएकोमा चालु आवको फागुनसम्म १७५ आनुवंशिक स्रोत जिन बैङ्कमा संरक्षण गरिएको छ।

चालु आवमा केराको पानामा रोग व्यवस्थापन, तन्तु प्रविधि प्रयोग गरी स्याउको द्रुत गतिमा बेर्ना उत्पादन गर्ने प्रविधि, मकै बाली संरक्षण, कृषिमा आधारित जलवायु अनुकूलित खेती प्रविधि, अक्सिजन नानो बबल प्रयोग गरी माछा भुरा ढुवानी गर्ने प्रविधि र च्याउको पोस्ट हार्भेस्ट प्रशोधन प्रविधि विकास भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

Share this story on

Messenger Pinterest LinkedIn