नेपाली

चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने

criPublished: 2024-06-27 16:58:30
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनले मुटुमा गम्भीर समस्या देखिएका १७ जना नेपाली विद्यार्थीको नि:शुल्क उपचार गरिदिने भएको छ। नेपालका लागि चिनियाँ राजदूत छन सोङले सामाजिक सञ्जालमा दिनुभएको जानकारी अनुसार यहाँ परीक्षण गरिएका चार हजार ६८२ जना विद्यार्थीको मुटुमध्ये १७ जनामा गम्भीर समस्या भेटिएको र उनीहरुको नि:शुल्क उपचार गराउने जानकारी दिनु भएको न्युजपोलार अनलाइनले लेखेको छ। उहाँले लेख्नु भएको छ नि:शुल्क उपचार भएपछि उनीहरुले नयाँ जीवन प्राप्त गर्नेछन्।

युन्नान प्रान्तको फुवाई युन्नान अस्पताल र चिनियाँ चिकित्सा विज्ञान प्रतिष्ठानबाट आएको वरिष्ठ मुटुरोग विशेषज्ञहरुको टोलीले गरेको परीक्षणमा ती विद्यार्थीको मुटुमा समस्या देखिएको बताइएको छ।

राजदूतले लेख्नुभएको छ, ‘मुटुरोगसँग सबन्धित परीक्षण र उपचारमा पनि दुई मुलुकबीच थप सहयोग आदान प्रदान गर्न सकिनेमा सहमत छौं।’

Share this story on

Messenger Pinterest LinkedIn