नेपाली

काठमाडौँमा नेपाल–चीन सचिवस्तरीय बैठक बस्दै

criPublished: 2024-06-24 17:30:07
Share
Share this with Close
Messenger Pinterest LinkedIn

बैठकमा नेपाली पक्षले उठाउने अर्को एजेन्डा हो, नेपाल–चीन सीमापार रेलमार्ग। सन् २०१९ मा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नेपाल भ्रमण गर्नुहुँदा रेलमार्ग निर्माणका लागि अध्ययन गर्ने सहमति भएको थियो। चीनले प्रारम्भिक गृहकार्यका लागि बेइजिङबाट पठाएको टोलीले विस्तृत परियोजना रिपोर्टमा काम गरिरहेको छ।

नेपालले सन् २०१६ मा भएको यातायात र पारवहन सन्धि कार्यान्वयनमा पनि जोड दिनेछ। नेपालले उक्त सन्धि र सन् २०१८ मा भएको प्रोटोकल सम्झौताअनुसार हालसम्म भियतनामबाट बेसार आयात र नेपालबाट दक्षिण कोरियामा चाउचाउ निर्यात गर्न सकेको छ। साथै, नेपाल र चीनबीच गत साता बेइजिङमा भएको नापी विभागका महानिर्देशकस्तरीय द्विपक्षीय बैठकबाट प्राप्त सुझावबारे पनि छलफल हुने परराष्ट्रका अधिकारीले जानकारी दिए।

बैठकमा चीनले सन् २०१७ मा नेपाल र चीनबीच सम्झौता भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को प्रगतिबारे चर्चा गर्ने सम्भावना छ। यस्तै, सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौता र फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौतालाई चीनले उठाउने आकलन गरिएको छ। यी दुवै सम्झौता राष्ट्रपति सीको नेपाल भ्रमणका बेलामा भएको थियो। त्यसलाई यसअघिको संघीय संसद्को सचिवालयमा पेस पनि गरिएको थियो। तर सचिवालयमै थन्किएर बसेपछि चिनियाँ पक्षले चासो देखाइरहेको छ।

बैठकमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र त्यहाँका कर्मचारीहरूलाई भने बोलाइएको छैन। बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख कृष्णप्रसाद ढकाल पनि सहभागी हुनुहुनेछ । दुई देशबीच कर्मचारीस्तरमा द्विपक्षीय विषयमा छलफल गर्ने यो माथिल्लो संयन्त्र हो। संयन्त्रको १५औं बैठक गत वर्ष बेइजिङमा भएको थियो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn