नेपाली

आठ अर्बले घट्यो खाद्यान्न आयात

CRIPublished: 2024-06-23 15:28:10
Share
Share this with Close
Messenger Pinterest LinkedIn

देशमा समग्र वस्तुको आयात घटिरहेका बेला खाद्यान्नको आयातमा समेत उल्लेख्य कमी आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा ४३ अर्ब रुपियाँ ८० करोड १९ लाख रुपियाँ बराबरको खाद्यान्न (धान, मकै, चामल, गहुँ, जौ, कोदो) आयात भएको छ । गत वर्ष सो अवधिमा ५२ अर्ब ६५ करोड ५३ लाख ८१ हजार रुपियाँ बराबरको आयात भएको थियो । स्थानीय उत्पादनमा वृद्धि हुनुका साथै आन्तरिक बजारमा खपत घटेकाले पनि खाद्यान्न आयातमा कमी आएको बताइएको छ ।

विभागका अनुसार ११ महिनामा सबैभन्दा धेरै १३ अर्ब २७ करोड ३२ लाख ४० लाख रुपियाँको मकै, ११ अर्ब ५५ करोड २५ लाख ७९ हजार रुपियाँको धान, आठ अर्ब ६९ करोड १६ लाख रुपियाँ बराबरको चामल आयात भएको छ । यो वर्ष चामल आयातमा उल्लेख्य कमी आएको छ । यस्तै तीन अर्ब ५७ करोड २४ लाख रुपियाँको गहुँ, ६८ करोड १९ लाख ५९ हजार रुपियाँको कोदो र ३१ करोड ८५ लाख रुपियाँको जौ आयात भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आव २०८०/८१ मा धानको उत्पादन ४.३३ प्रतिशतले वृद्धि भई ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ। गत वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन उत्पादन भएको थियो । धानको औसत उत्पादकत्व गत आवको तुलनामा ४.९७ प्रतिशतले वृद्धि भई ३.९८ प्रतिशत पुगको छ ।

कृषि उत्पादन र कृषि बाली लगाइएको क्षेत्रफल दुवैमा खाद्यान्न बालीको हिस्सा उच्च रहँदै आएको छ । चालु आवमा कुल उत्पादनमा खाद्यान्न बालीको अंश ४४.६१ प्रतिशत, फलफूल छ प्रतिशत र अन्यको ३.७१ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको गोरखापत्र अनलाइनमा खबर छ।

Share this story on

Messenger Pinterest LinkedIn