नेपाली

बाह्रबिसेमा २२० केभीको सबस्टेसन निर्माण सम्पन्न, मर्स्याङ्दी जलविद्युत् पूर्ण क्षमतामा सञ्चालित

CRIPublished: 2024-06-23 15:11:27
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मर्स्याङ्दी जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालेको छ । दैनिक रूपमा वर्षा हुने क्रम जारी रहेको तथा गर्मी बढेकाले हिमाल धेरै पग्लिएर नदीमा पानीको बहाव बढेपछि पूर्ण क्षमताको ६९ मेगावाट विद्युत् उत्पादन भएको केन्द्रले जनाएको छ।

सुक्खायाममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुँदा घटेर ३० मेगावाट पुगेकोमा हाल बढेर पूर्ण क्षमतामा उत्पादन भएको केन्द्रका प्रमुख पशुपति गौतमले बताउनुभयो । गौतमका अुनसार तीन वटा युनिटबाट २३/२३ मेगावाटका दरले पूर्ण क्षमता अनुरूपको ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो। मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी भएकाले गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिउँ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन बढ्छ।

केन्द्रका अनुसार धेरै बाढी आएका बेला गेग्राङहरू थेग्राउने र काठ दाउरा निकाल्न मिल्ने गरी दुई वटा फ्लाट गेट रहेकाले हाल पूर्ण क्षमतामा नै उत्पादन भइरहेको छ । गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिउँ पनि बढी पग्लिने र वर्षा धेरै हुँदा नदीमा मिसिने अन्य खोलानाला पानी धेरै हुने भएकाले नदीमा पानीको बहाव बढ्दा उत्पादन बढेको केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार सुक्खायाममा भने हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुने भएकाले पानीको बहाव थोरै हुने हुँदा विद्युत् उत्पादन घट्छ। यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको गोरखापत्र अनलाइनले जनाएको छ।

यसैबीच सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०-१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ। बाह्रबिसे सबस्टेसनमा २२०-१३२ केभी, १६० एमभीए र १३२-११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मर छन्।

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn