नेपाली

जेठमा आयात–निर्यात बढे पनि समग्र वैदेशिक व्यापार घट्यो

CRIPublished: 2024-06-22 15:22:58
Share
Share this with Close
Messenger Pinterest LinkedIn

आयात व्यापारको अवस्था हेर्दा सधै झैं डिजेल पहिलो नम्बरमै छ । ११ महिनामा १ खर्ब २९ अर्ब २० करोडको वस्तु आयात भएको छ । डिजेलबाट सरकारले ५० अर्ब ४८ करोड राजस्व संकलन गरेको छ । ११ महिनामा ६२ अर्ब ८७ करोडको पेट्रोल आयात हुँदा सरकारले ३६ अर्ब ८ करोड राजस्व संकलन गरेको छ ।

५१ अर्ब ७ करोडको खाना पकाउने एलपी ग्यास आयात हुँदा ३५ अर्ब १३ करोडको स्टिल तथा आइरन आएको छ । ग्यासबाट ९ अर्ब ५२ करोड र स्टिल तथा आइरनबाट ४ अर्ब ९९ करोड राजस्व संकलन भएको विभागको तथ्यांक छ । यसैगरी २३ अर्ब ४७ करोडको औषधीजन्य पदार्थ आयात हुँदा सरकारले १ अर्ब २२ करोड राजस्व संकलन गरेको छ । विभागका अनुसार ११ महिनामा २२ अर्ब २५ करोडको सुन, १९ अर्ब ४६ करोडको हवाई इन्धन, १८ अर्ब ७२ करोडको इलेक्ट्रिक सवारी, १७ अर्ब २७ करोडको स्मार्टफोन र १५ अर्ब १६ करोडको कोइलालगायत आयात भएको छ ।

निर्यातमा भने अलैंची अग्रस्थानमा छ । निर्यात हुनेमा स्टिल तथा आइरन दोस्रो नम्बरमा पर्छ । यसैगरी कार्पेट, जुस र पाम तेल आयात भएको विभागले जनाएको छ ।

नेपालले १ सय ७० मुलुकसँग व्यापार गर्दै आएको छ । सबैभन्दा धेरै व्यापार भारतसँग हुन्छ । भारतबाट मात्रै ९ खर्ब ८ अर्ब २९ करोडको बस्तु आयात भएको छ । निर्यात व्यापारमा पनि भारतसँगै बढी हुन्छ । ११ महिनामा ९४ अर्ब ५१ करोडको वस्तु निर्यात भएको विभागको तथ्यांक छ ।

धेरै वस्तु आयात हुने मुलुकमध्ये दोस्रो नम्बरमा चीन पर्छ । चीनबाट २ खर्ब ७२ अर्ब ८१ करोडको वस्तु आयात भएको छ । निर्यातमा हुने मुलुकमध्ये दोस्रो नम्बरमा भने अमेरिका हो । ११ महिनामा अमेरिकामा १५ अर्ब ७५ करोडको वस्तु निर्यात भएको विभागको भनाइ छ ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn