नेपाली

नेपालमा बनेको मिनी ग्रेटवाल हेर्न चिनियाँ पर्यटक पुग्दै

CRIPublished: 2024-06-22 15:08:57
Share
Share this with Close
Messenger Pinterest LinkedIn

दोलखाको शैलुङ गाउँपालिकामा निर्माण भएको मिनी ग्रेटवाल हेर्न चाइनिज टोली आउन थालेका छन् । मिनी ग्रेटवाल पर्यटकका लागि आकर्षक बनेकाले केही दिनदेखि चाइनिज टोली आउन थालेका बेस क्याम्प कालापानीका शैलुङइन होटलका सञ्चालक लालबहादुर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार शैलुङ एवम् मिनी ग्रेट हेर्नका लागि साइकल र गाडीमा चाइनिज टोली आउन थालेका छन् । आन्तरिक र अन्य विदेशी पर्यटक पनि आउन थालेकाले बेसक्याम्पमा टहलपहल बढेको छ । यहाँ रहेका होटलहरु पनि भभिराउ भएका छन् । हिमपात भएपछि यो वर्ष निकै पर्यटक भित्रिने सङ्केत देखिएको छ ।

चार वर्षदेखि होटल सञ्चालन गर्दै आउनुभएका सञ्चालक श्रेष्ठले भन्नुभयो, ‘‘यहाँ भएका चार वटा होटल पनि राम्ररी चलेका थिएनन् । अहिले चाप बढेको छ । अरु होटलको पनि आवश्यकता खटकिएको छ । गतको दशैँदेखि विस्तारै पर्यटक वृद्धि हुन थालेको हो ।’’

सङ्घीय पर्यटन विकास साझेदारी कार्यक्रम अनुसार पर्यटकलाई शैलुङ जान सहजताका लागि मिनी ग्रेटवाल निर्माण गरिएको हो । सरकारको र पालिकाको ७० र ३० प्रतिशत साझेदारीमा पाँच करोड ३० लाख रुपियाँ लागतमा बेस क्याम्प कालापानीदेखि केही माथिसम्म ग्रेटवाल निर्माण भएको पालिकाका इन्जिनियर कमलबहादुर थापामगरले जानकारी दिनुभयो ।

गोरखापत्र अनलाइनका अनुसार निर्मित संरचनाको फिनिसिङ र बत्ती जडानको मात्र काम बाँकी छ । उहाँले भन्नुभयो, ‘‘यो काम पनि चाँडै सम्पन्न गर्न लागिएको छ । पर्यटकलाई आवतजावत गर्न निकै सहज भएको छ।’’

पहिलो चरणमा कालापनीदेखि शैलुङसम्म ७७० मिटरमा तीन मिटर अग्लो, चार मिटर चौडाइको एक मिटर अग्लो बार निर्माण भएको छ । पर्यटन प्रवर्द्धनमा कोसेढुङ्गा सावित हुने अपेक्षा राखिएको छ । पर्यटकहरुका लागि बेस क्याम्प कालापानीमा खान बस्नको व्यवस्था भइसकेको छ । सार्वजनिक शौचालयको पनि आवश्यक देखिएको छ ।

Share this story on

Messenger Pinterest LinkedIn