नेपाली

वैदेशिक रोजगारीको एघार महिना, विदेश जाने झण्डै सात लाख

CRIPublished: 2024-06-18 15:36:05
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अघिल्लो वर्ष लगातार तेस्रो श्रम गन्तव्य देश रहेको युएई चालु आवको वैशाख महिनाबाहेक सबै महिनामा पहिलो श्रम गन्तव्य बन्न सफल भएको छ । यस अवधिमा साउदी दोस्रो र कतार तेस्रो श्रम गन्तव्य बनेको छ । यस्तै यस अवधिमा चौथो श्रम गन्तव्य मलेसिया, दक्षिण कोरिया नेपालीको पाँचौँ श्रम गन्तव्य बनेको छ ।

विभागका महानिर्देशक डण्डुराज घिमिरेले चालु आवको ११ महिनासम्म युएई नेपालीको पहिलो श्रम गन्तव्य बन्न सफल भएको बताउनुभयो । गतका दुई वर्ष मलेसिया नेपालीको पहिलो श्रम गन्तव्य देश रहेकोमा यो वर्षको सुरुदेखि नै युएई पहिलो गन्तव्य बन्न सफल भएको उहाँको भनाइ छ ।

यसैबीच श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै ती श्रमिकले विदेशमा काम गरेर पठाउने विप्रेषण दरमा पनि वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले जेठ महिना सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको १० महिना (वैशाख) सम्म १२ खर्ब विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले चालु आवको १० महिना (२०८० साउनदेखि २०८१ वैशाखसम्म) को देशको वर्तमान आर्थिक स्थितिसम्बन्धी सार्वजनिक प्रतिवेदन अनुसार १० महिनामा रेमिट्यान्स १९.२ प्रतिशतले वृद्धि भएको हो।

सो अवधिमा ११ खर्ब ९८ अर्ब ६० करोड रकम नेपाल भित्रिएको छ । अघिल्लो वर्ष सो अवधिमा तुलनामा १९.८ प्रतिशतले धेरै हो । यो तथ्याङ्क हेर्दा मासिक औसत एक खर्ब २२ अर्ब रुपियाँ भित्रिएको देखिन्छ । यो वर्षको यस अवधिसम्म आएको विप्रेषण गत वर्षको यसै अवधिको तुलनामा २५.३ प्रतिशत धेरै रहेको राष्ट्र बैङ्कले जनाएको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn