नेपाली

नेपालको चीनबाहेकका देशसँगको व्यापार घट्यो

criPublished: 2024-06-16 16:04:31
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले विदेशमा हुने दूतावासमा राजदूतलगायत नियुक्तिको प्रमुख आधार आर्थिक कूटनीति हुनुपर्नेमा त्यसो हुन नसक्दा निर्यात व्यापार खस्किएको बताउनुभयो। नेपालमा रहेका अन्य मुलुकका राजदूतले आर्थिक कूटनीतिलाई अधिकतम प्रयोग गरे पनि विदेशमा राजदूत भएर जाने नेपालीले त्यसबाट सिक्न नसकेको उहाँको भनाइ छ। पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि यसलाई स्वीकार्नुहुन्छ। मुलुकको आर्थिक कूटनीति सञ्चालन गर्ने परराष्ट्र मन्त्रालय, आर्थिक सहायता परिचालन गर्ने अर्थ मन्त्रालय र व्यापारसँग जोडिने उद्योग वाणिज्य र आपूर्ति मन्त्रालयका काममा समन्वय नभएको उहाँको अनुभव छ।

‘कैयौं विषयमा यी निकाय एकांगी ढंगमा अघि बढ्दा विवाद हुने, आवश्यक समन्वय नहुने, सम्झौता भइसकेपछि समस्या सिर्जना गरिने अवस्था आउँछ,’ उहाँले भन्नुभयो, ‘नेपालले जस्ता व्यक्तिहरुलाई विदेशस्थित कूटनीतिक निकायहरुमा पठाइरहेको छ, उनीहरुको आर्थिक कूटनीतिसम्बन्धी क्षमता बढाउन सकिएको छैन।’

परराष्ट्र मामिला अध्ययन केन्द्रले नवनियुक्त राजदूतका लागि आर्थिक कूटनीतिसम्बन्धी तालिम दिने, निजी क्षेत्रसँग अन्तक्र्रिया गरेको र नेपालले ३५ देशको छुट्टाछुट्टै प्रोफाइल बनाएर ती देशसँग आर्थिक कूटनीतिको सम्भावनाका क्षेत्र पहिचान गर्न खोजिए पनि हाम्रो कूटनीतिक संरचना आर्थिक कूटनीति सञ्चालन गर्ने गरी सक्षम नभइसकेको उहाँको भनाइ छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn