नेपाली

नेपाल र चीनको सीमाक्षेत्रमा दुई देशको संयुक्त सुरक्षा गस्ती

criPublished: 2024-06-15 16:40:07
Share
Share this with Close
Messenger Pinterest LinkedIn

भर्खरै मात्र स्थापना भएको उत्तरी गोरखाको बोर्डर आउट पोस्ट (बिओपी ) को टोली र चिनियाँ सुरक्षाकर्मीको टोलीले पहिलो पटक संयुक्त रूपमा सुरक्षा गस्ती गरेको छ। जुन १४ तारिख शुक्रवार दुई देशका सुरक्षाकर्मी बीच अनौपचारिक छलफल गर्दै सीमाक्षेत्रमा अवाञ्छित गतिविधिमा पूर्ण रूपमा निषेध गरेर जानेमा छलफल भएको सशस्त्र प्रहरी कार्यालय गोरखाका प्रमुख सुमन बोगटीले जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ। उहाँका अनुसार उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – १ को साम्दोमा स्थापित बिओपिमा खटिएका सशस्त्र प्रहरी टोली र चिनियाँ प्रहरी टोलीले रोइला भन्ज्याङस्थित ३५ नम्बर सीमा स्तम्भ आसपासमा संयुक्त रूपमा गस्ती गर्दै दुई देशका सुरक्षाकर्मी बिच नियमित सम्पर्क र समन्वयमा आपराधिक गतिविधिलाई पूर्ण रूपमा निस्तेज पार्ने सहमति बनेको सशस्त्र प्रहरी गोरखाका प्रमुख बोगटीले बताउनुभयो।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – १ साम्दोमा रहेको रुइला भञ्ज्याङ नाका नेपाल र चीन बिच आवतजावत गर्ने मुख्य नाका भएकाले सरकारले बिओपी स्थापना गरेको हो। यस नाका उत्तरी गोरखाका बासिन्दाहरू आफूलाई चाहिने सर सामान रोइला भञ्ज्याङ हुँदै ल्याउने गरेकोमा विगत ५ वर्ष देखि यो नाका बन्द अवस्थामा छ।

नेपाल सरकारले जेठ १३ गते साम्दोमा बिओपी स्थापना गरे सँगै दुई देशका सुरक्षाकर्मी बिच पहिलो पटक सौहार्दपूर्ण वातावरणमा सकारात्मक छलफल भएको सशस्त्र प्रहरी गुल्म गोरखाले जनाएको छ।

Share this story on

Messenger Pinterest LinkedIn