नेपाली

आगामी साउनदेखि नेपालले बङ्गलादेशलाई बिजुली बेच्ने

criPublished: 2024-06-13 15:51:51
Share
Share this with Close
Messenger Pinterest LinkedIn

गत वर्ष जेठ २ गते बङ्गलदेशमा सम्पन्न ऊर्जा सचिवस्तरीय निर्देशक समितिको बैठकले पनि नेपालमा उत्पादित ४० मेगावाटसम्म विद्युत् बङ्गलादेशमा निर्यात गर्नका लागि नेपाल विद्युत् प्राधिकरण, भारतको एनटिपिसी विद्युत् व्यापार निगम र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डबिच विद्युत् बिक्री सम्झौता (पावर सेल्स एग्रिमेन्ट) यथाशीघ्र गर्ने निर्णय गरेको थियो। मङ्गलबार बङ्गलादेशका अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीले अध्यक्षता गरेको मन्त्रीपरिषद्को सार्वजनिक खरिद समितिले नेपाल, भारत र बङ्गलादेशबिच त्रिपक्षीय सम्झौताका आधारमा पाँच वर्षका लागि विद्युत् खरिद गर्ने निर्णय गरेको हो।

नेपाल विद्युत् प्राधिकरणले बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डमा विद्युत् बिक्रीका लागि दरसमेत समावेश गरी बोलपत्र पेस गरेको थियो। त्यसै अनुसार नेपालले भारतको मुजफ्फरपुर सबस्टेसनमा पु¥याएको विद्युत् प्रति युनिट ६.४ सेन्टका दरमा प्राधिकरणले बङ्गलादेशबाट रकम प्राप्त गर्ने छ।

ह्विलिङ चार्ज तथा अन्य खर्च बङ्गलादेशले नै भुक्तानी गर्ने तय भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले ढल्केबार–मुजफ्फरपुर चार सय केभी प्रसारण लाइनमार्फत बङ्गलादेशका लागि ४० मेगावाट विद्युत् पुर्याउने छ। प्राविधिक चुहावटका लागि समेत थप गरेर विद्युत् आपूर्ति हुने छ। एनटिपिसी विद्युत् व्यापार निगमले आफ्नो प्रसारण लाइन तथा सबस्टेसन संरचनामार्फत भेरामारा हुँदै बहरामपुरसम्म आपूर्ति गर्ने तय भएको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn