नेपाली

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भूउपग्रहमा आधारित प्रणालीको अध्ययन हुँदै

criPublished: 2024-06-12 16:20:46
Share
Share this with Close
Messenger Pinterest LinkedIn

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भूउपग्रहमा आधारित प्रणालीको सम्भाव्यता अध्ययन अघि बढाइएको छ । उपकरणमा आधारित उडान अवतरण प्रणाली (इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आइएलएस) प्रविधिको विकल्पमा आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पफर्मेसन–अथोराइजेसन रिक्वायार्ड) भनेर चिनिने प्रविधि जडान गर्न सम्भाव्यता अध्ययन भइरहेको गोरखापत्र अनलाइनले लेखेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले झन्डै एक अर्ब रुपियाँ खर्चेर जडान गरेको आइएलएस उपकरण अन्तरदेशीय उडानमा देखिएको समस्याका कारण सञ्चालनमा आउन नसकेपछि यसको विकल्पमा भूउपग्रहमा आधारित आरएनपी–एआर प्रविधि जडान गर्ने तयारी भइरहेको छ ।

गौतम बुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आरएनपी–एआर प्रविधिबाट पनि आइएलएस प्रविधिजत्तिकै कमजोर भिजिबिलिटीमा उडान अवतरण गर्न सकिने छ ।

उहाँले भन्नुभयो, “विमानस्थलमा जडान भएका उपकरणको पहुँच भारतीय भूमिमा पर्ने समस्याका कारण नयाँ प्रविधि जडान भएर पनि सञ्चालनमा ल्याउन नसकेपछि त्यसको विकल्पमा आरएनपी–एआर प्रविधि जडानबारे अध्ययन थालेका छौँ । आरएनपी–एआर प्रविधिका लागि जमिनमा कुनै पूर्वाधार बनाउनु नपर्ने र अन्तर्राष्ट्रिय उडानका जहाजमा अनबोर्ड नै हुने भएकाले उडान विधि बनाए मात्रै पुग्छ । यसमा कुनै खर्च पनि लाग्दैन ।”

आरएनपी–एआर प्रविधि आन्तरिकतर्फका उडानमा प्रयोग नहुने र अन्तर्राष्ट्रियतर्फका जहाजलाई मात्रै काम गर्ने उहाँले बताउनुभयो । आरएनपी–एआर प्रविधि सञ्चालनका लागि प्राधिकरणले उडान विधि बनाउने र सम्बन्धित विमान कम्पनीले विमानचालकलाई तालिम र सम्बन्धित नियामक निकायबाट उडानको स्वीकृति दिए मात्र पुग्ने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यो विमानस्थलमा उडान अवतरणका लागि हाल परम्परागत (भिओआर डिएमई) पद्धति अनुसार एक हजार आठ सय मिटर दृश्य क्षमता चाहिन्छ । आरएनपी–एआर प्रविधि लागु भएमा आइएलएस जत्तिकै आठ सय मिटरभन्दा कम दृश्य क्षमतामा उडान अवतरण गर्न सकिने भएकाले यसबारे गृहकार्य गरिरहेका छौँ ।”

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn