नेपाली

नेपालभरका १८३ स्टार्टअप उद्यम कर्जाका लागि परियोजना सिफारिस

criPublished: 2024-06-09 16:11:12
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालभर विभिन्न १८३ परियोजनाले स्टार्टअप उद्यम कर्जा पाउने भएका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले १८३ वटा परियोजनाको अन्तिम छनोट गरी स्टार्टअप उद्यम कर्जाका लागि सिफारिस गरेको छ। राष्ट्रिय वाणिज्य बैङ्कबाट छनोटमा परेका परियोजनाले न्यूनतम पाँच लाखदेखि अधिकतम २० लाख रुपियाँ कर्जास्वरूप प्राप्त गर्ने गोरखापत्र अनलाइनले लेखेको छ।

कर्जा उपलब्ध गराउन प्रतिष्ठानले राष्ट्रिय वाणिज्य बैङ्कसँग यसअघि गत माघमा सम्झौता गरिसकेको छ। औद्योगिक व्यवसाय विकास प्रष्ठिानका कार्यकारी निर्देशक उमेश गुप्ताले अन्तिम छनोटमा परेका १८३ परियोजना सिफारिस गरिसकेकाले राष्ट्रिय वाणिज्य बैङ्कमार्फत चार/पाँच दिनमै कर्जा प्राप्त गर्ने जानकारी दिनुभयो। स्टार्टअप उद्यम कर्जाबापत उद्यमीले न्यूनतम पाँचदेखि २० लाख रुपियाँसम्म प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो।

जुन तीन प्रतिशत ब्याजमा सात वर्षसम्मका लागि परियोजनाका उद्यमीले प्रयोग गर्न पाउने छन्। स्टार्टअप नीति पारित भइसकेकाले यस कार्यक्रम कार्यान्वयन गर्न सहज भएको उहाँको भनाइ छ। बैङ्कले छनोटमा परेका परियोजनको तमसुक बनाई स्थलगत निरीक्षण गरेर कर्जा वितरण गर्ने छ। योग्य प्रस्तावकको सूचीमा परेका ३९४ वटा परियोजना प्रस्तावकको प्रस्तुतीकरणका आधारमा ५० प्रतिशतभन्दा बढी अङ्कभार प्राप्त गर्ने परियोजना छनोट भई सिफारिस गरिएको समितिले जनाएको छ।

चार वर्षअघिदेखि प्रत्येक आर्थिक वर्षको बजेटमा स्टार्टअप उद्यम कर्जा वितरण गरिने कार्यक्रम घोषणा गरिए पनि अहिले आएर कार्यान्वयनमा आउन सफल भएको छ। चालु आवमा स्टार्टअप उद्यम कर्जा वितरण गर्न २५ करोड रुपियाँ विनियोजन गरिएको छ।

स्टार्टअप उद्यम कर्जा राष्ट्रिय वाणिज्य बैङ्कबाट तीन किस्तामा उपलब्ध गराइने छ। बैङ्कले कर्जा प्रवाह गर्दा बढीमा पाँच लाखसम्मको कर्जाका हकमा एक किस्ता, १५ लाखसम्मको कर्जा दुई किस्ता र त्यसभन्दा माथिको कर्जा तीन किस्तामा प्रवाह गर्ने स्टार्टअप उद्यम कर्जा कार्यविधिमा उल्लेख छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn