नेपाली

नेपालकै तेस्रो ठुलो विद्युत सबस्टेसन तयार

criPublished: 2024-06-09 16:13:42
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कार्यकारी निर्देशक घिसिङका अनुसार हेटौँडा सबस्टेसनलाई भविष्यमा आवश्यकता अनुसार थप विस्तार गर्दै जान मिल्ने गरी निर्माण गरिएको छ। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बाट नुवाकोटको रातमाटेबाट निर्माण हुने ४०० केभीको डबल सर्किट प्रसारण लाइन हेटौँडा सबस्टेसनमा ल्याएर जोडिने छ। यसका लागि हेटौँडा सबस्टेसनमा आवश्यक पूर्वाधार संरचना निर्माण गरिसकिएको आयोजना प्रमुख आयोजना प्रमुख शुक्र देवकोटाले जानकारी दिनुभयो।

हेटौँडा ४०० केभी सबस्टेसन निर्माणका लागि डिसेम्बर २०१८ मा ठेक्का सम्झौता गरिएको थियो। सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र विश्व बैङ्कको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजना मातहत यो निर्माण गरिएको हो।

४००, २२० र १३२ केभी हेटौँडा सबस्टेसनको अनुमानित लागत तीन अर्ब रुपियाँ रहेको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn