नेपाली

चीन र भारतसँग जोडिएको तुसारपानी–तिंकर सडकको ट्र्याक ४० महिनामा १२ किमि

criPublished: 2024-06-08 16:50:45
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सेनाले ट्र्याक खोलेर यस सडक चौडा पार्ने काम मात्र गर्नेछ । आयोजना सुरु भएयता १६.१० प्रतिशत मात्र भौतिक प्रगति छ ।

दार्चुलाको व्यास गाउँपालिका–३ स्थित तुसारपानी र आतुङ्गतीमा सेनाले काम गरिरहेको छ । समग्र आयोजनाको सुरु बिन्दु भने दार्चुलाको सदरमुकाम खलंगा (महाकाली नगरपालिका ५) बाट सुरु भई आयोजनाको अन्तिम बिन्दु नेपाल र चीनबीचको सिमाना व्यास गाउँपालिका–१ स्थित तिंकर भन्ज्याङसम्म छ । सडक विभागले निर्माण गर्न नसकेका अप्ठ्यारो सडक खण्डको जिम्मा सेनालाई दिइएको हो । अहिले सेनाको जिम्मामा २७४.५३७ किमि सडक निर्माण जारी छ  ।

उत्तर–दक्षिण कोशी करिडोरअन्तर्गत खाँदबारी–किमाथांका सडकको दूरी १६२ किमिमध्ये १०.५१ किमि खण्डको जिम्मा सेनालाई दिइएको छ । च्याम्ताङ–घोङघ्पा खण्डका लागि चालु आर्थिक वर्षमा ९ करोड ९८ लाख रुपैयाँ विनियोजन भएको छ । सेनाले जिम्मा लिएको अर्को सडक हो, बेनीघाट–आरुघाट–लार्केभन्ज्याङ । धादिङको बेनीघाटदेखि गोरखाको लार्केपाससम्मको कुल दूरी १५४ किमि छ, जसमध्ये अप्ठ्यारो खण्ड ९२ किमि हो । हावाडाँडादेखि लार्केभन्ज्याङ खण्डमा सेनाले काम गरिरहेको हो ।

‘सेनाले ट्र्याक खोल्ने जिम्मेवारी पाएका सबै सडक चीनसँग सीमा जोडिने सडक हुन्,’ सैनिक प्रवक्ता केसीले भन्नुभयो, ‘अप्ठ्यारो भीरमा सेनाले काम गरिरहेको छ । छिटो काम सक्न सबै सडकमा बजेटको अभाव हुनु भएन ।’ हुम्ला सदरमुकाम सिमकोटलाई भने सेनाले ट्र्याक खोलेर राष्ट्रिय सडक सञ्जालमा जोड्न सफल भएको छ । कालीकोटको खुलालुदेखि सिमकोट हुँदै हिल्सासम्मको कर्णाली करिडोरको दूरी २६९ किमि छ । यसमध्ये २४६ किमि सडक विभाग र २२.५ किमिमा सेनाले काम गरेको हो ।

हुम्लाको खार्पुनाथ र सर्केगाड गाउँपालिकाको बीचमा ठूला चट्टान भएकाले त्यहाँ सेनाले काम गरेको हो । चीनको सीमा क्षेत्र हिल्साबाट सिमकोटसम्म ९५ किमि सडकको ट्र्याक भने पहिल्यै खोलिसकिएको छ ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn