नेपाली

अरूण–३ को मुख्य सुरुङ ‘ब्रेक–थ्रु’, विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने प्रधानमन्त्रीको दाबी

criPublished: 2024-06-05 15:55:16
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अरूण–३ जलविद्युत परियोजनाको सुरुङ 'ब्रेक–थ्रु' भएको छ। मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा ११.८३७ किमि लामो मुख्य सुरुङ छिचोलिएको हो। अरुण ३ नौ सय मेगावाट बिजुली उत्पादन क्षमतायुक्त जलविद्युत् आयोजना हो। यसको विकासकर्ता भारतीय कम्पनी एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी) रहेको छ।

अर्धजलाशययुक्त आयोजनाको कुल लागत १ खर्ब ४४ अर्ब रहेको छ। आयोजनाले प्रतिवर्ष ३ हजार ४ ६६ गिगावाट आवर बिजुली उत्पादन गर्नसक्छ। आयोजना सञ्चालनमा आउँदा नेपालले ३ खर्ब ४८ अर्ब आम्दानी गर्नसक्छ भने २१.९ प्रतिशत बिजुली निःशुल्क पाउनेछ। आयोजनाले १ अर्ब ६० करोड रुपैयाँबराबरको सेयर स्थानीयलाई दिनेछ। ग्रामीण विद्युतीकरणतर्फ ३० युनिट बिजुली निःशुल्क हुनेछ भने ३ हजार जनाले प्रत्यक्ष रोजगारी पाउनेछन्। यसको नेपालतर्फ २१७ किमि लामो ४ सय केभी प्रसारणलाइनले भारतको मुजफ्फरपुरलाई जोड्नेछ। यो आयोजना सञ्चालनमा आएको २५ वर्षपछि नेपालले पाउनेछ।

नेपालखबर अनलाइनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढीरहेको बताउँदै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने पर्याप्त प्रावधान ल्याएको बताउनुभयो।“विद्युत प्रसारण लाइन निर्माण र वितरण कार्यमा निजी क्षेत्र समेत सहभागी हुने गरी कानुनी प्रबन्ध गर्ने, जलाशययुक्त जलविद्युत आयोजनामा बाँध र विद्युत गृह छुट्टाछुट्टै प्रवर्द्धकबाट निर्माण गर्नेगरी निजी क्षेत्रलाई लगानी गर्न आकर्षित गर्ने प्रावधान बजेटमा राखिएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आगामी आवमा ९ सय मेगावाट विद्युत थप गरी राष्ट्रिय प्रणालीको विद्युत क्षमता ४ हजार ५ सय मेगावाट पुर्‍याउने, आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत निर्यात गर्ने व्यवस्था मिलाउनेछ।”

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn