नेपाली

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने

criPublished: 2024-05-23 16:04:29
Share
Share this with Close
Messenger Pinterest LinkedIn

विदेशी मुद्रा आर्जनको एक हिस्सा बन्दै गएको चियाका लागि इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव २०८१ आयोजना गरिने भएको छ । जेठ २६ देखि जेठ २८ गतेसम्म सदरमुकाममा चिया महोत्सवको आयोजना हुने आयोजक समितिका संयोजक तथा इलाम नगरपालिका प्रमुख केदार थापाले बताउनुभयो ।

समितिको आज बसेको बैठकले नेपाली चियाको बजारीकरणमा सहयोग पुग्ने र चिया पर्यटनलाई समेत टेवा पुग्ने भएकाले महोत्सव तीन दिनसम्म आयोजना गर्ने निर्णय भएको संयोजक थापाले जानकारी दिनुभयो । नेपाल पर्यटन वोर्डको सहयोगमा चिया महोत्सव गर्न लागिएको हो ।

विसं १९२० मा इलामबाटै रोपण सुरु गरिएको चिया खेती अहिले देशका विभिन्न जिल्लामा विस्तार भइसकेको छ । ‘चिया रोपण पनि इलामबाटै भएको र देशको जेठो चिया कारखाना पनि विसं १९३५ मा इलाममै स्थापना भएकाले यो महोत्सवले विशेष महत्व राख्नेछ’ संयोजक थापाले भन्नुभयो ‘यो महोत्सवमा चिया किसान, उद्योगी, व्यापारीहरु सहभागी गराइने लक्ष्य छ ।’

गोरखापत्र अनलाइनका अनुसार महोत्सवमा उत्कृष्ट उत्पादन भएका अर्थोडक्स चियाका प्रकार, टेस्टिङसहित विभिन्न स्वाद र जातका तयारी चियाका स्टल रहने जनाइएको छ।

Share this story on

Messenger Pinterest LinkedIn