नेपाली

उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको लोमान्थाङमा पुल निर्माण

criPublished: 2024-05-21 16:05:13
Share
Share this with Close
Messenger Pinterest LinkedIn

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नाम्डोक खोलामा पुल निर्माण भएको छ। बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटरेबल पुल निर्माण भएपछि खोलामा सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ। पुल निर्माणपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताउनुभयो।

नाम्डोक खोलामा ५० मिटर लामो मोटरेबल पुल निर्माण गर्न मुक्तिनाथ–अमित जेभीले २०७६ असार ३१ गते ६ करोड ३७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले हस्तान्तरण चरणमा रहेको पुलमा सवारीसाधन सञ्चालन भएको बताउनुभयो।

दुई सय दुई किमि बेनी–जोमसोम कोरला सडकमा नाम्डोक खोलासहित थप ६ वटा स्थानमा पुल निर्माण भएका छन्। बेनी–जोमसोम कोरला आयोजनाले पाँचवटा पुल निर्माण गर्न विभिन्न निर्माण कम्पनीसँग ३१ करोड ६२ लाखमा ठेक्का सम्झौता गरेको राससले जनाएको छ।

नाम्डोक, लोमान्थाङ, किम्लिङ र भर्मा खोलाको पुल निर्माण गर्न मुक्तिनाथ–अमित जेभीले २०७६ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो। बीस मिटर लामो लोमान्थाङ खोलाको पुलको लागत चार करोड ६८ लाख दुई हजार ६ सय ३८, ५० मिटर लम्बाइको किम्लिङ खोला पुलको लागत ६ करोड ३० लाख र ८० मिटर लम्बाइको भर्मा खोला पुलको लागत ६ करोड ८५ लाख रुपैयाँ हो।

कालिका–गजुरमुखी जेभीले २०७६ साल चैतमा सात करोड ४२ लाखमा ठेक्का सम्झौता गरेको थासाङ गाउँपालिकाको छाक्ताङ खोलामा डबल स्पाम भएको ८० मिटर लामो पुल पनि निर्माण पूरा भएको छ।

सडक विभागले बिओकेआई-हिमालयन जेभीसँग भ्याटसहित आठ करोड ३० लाख ६८ लाख चार सय ७३ मा ठेक्का सम्झौता गरेको रघुगङ्गा गाउँपालिका १ बेगखोलामा ७० मिटर लामो डबल स्पाम भएको मोटरेबल पुल पनि सम्पन्न भएको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn