नेपाली

नेपालको पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल सेल्स मिसन २०२४’ बेइजिङमा

criPublished: 2024-05-21 16:04:16
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कार्यक्रममा नेपाली पर्यटन गतिविधिबारे सन्दर्भ सामग्री प्रस्तुत गर्नुका साथै विविध वृत्तचित्र देखाइएको थियो। नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकारी कुन्दनकुमार मिश्रले नेपालमा घुम्नुपर्ने स्थलहरुको बारेमा परिचय दिँदै चिनियाँहरूका लागि आवश्यक सुविधाहरूका बारेमा जानकारी गराउनुभयो।

चीनमा हुने सीमित बिदाका बाबजुद सरकारी प्रोत्साहनका कारण वार्षिक १५ करोडभन्दा बढी चिनियाँहरू विश्व भ्रमणमा जाने गर्दछन्। चीनले एक दिनको विदालाई पनि सट्टे बिदा मिलाएर घुम्नका लागि पर्याप्त चाँजोपाँजो मिलाउने गरेको छ। विश्वमा पुग्ने पर्यटकको केही हिस्सा मात्रै नेपालमा भित्र्याउने प्रयत्न स्वरुप हालै चीनका क्वाङ्चौ, छङ्तु लगायतका स्थानमा प्रवर्द्धनात्मक कार्यक्रम गरिसकिएको छ। जेठको पहिलो साता क्वाङ्चौ अन्तर्राष्ट्रिय ट्राभल फेयर आयोजना गरिएको थियो ।

नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले नेपाल सबै सिजनका लागि उपयुक्त गन्तव्य भएको सुनाउनुभयो। सेल्स मिसनले गत चैत्र ४ गते पर्यटनको राजधानी घोषित भएको गण्डकी प्रदेशको पोखराको सौन्दर्य प्रस्तुत गरेको थियो। नेपालको पर्यटनलाई लयमा फर्काउने अपेक्षासहित नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले नेपाली राजदूतावासको समन्वयमा यो प्रस्तुति दिएको थियो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn