नेपाली

बीआरआई कार्यान्वयन योजना अन्तिम चरणमा पुगेको परराष्ट्रमन्त्रीद्वारा जानकारी

criPublished: 2024-05-20 15:53:33
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कार्यक्रममा नेपाली राजनीतिक दलहरूका तर्फबाट नेपाली कांग्रेसकी नेत्री तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला, नेकपा एमाले विदेश विभाग प्रमुख डा राजन भट्टराई, नेकपा माओवादी केन्द्र का महासचिव देवप्रसाद गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा विक्रम तिमिल्सिना, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता सगुनसुन्दर लावती, नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा पूर्वराजदूत प्रमेश हमाल, नेकपा मालेका महासचिव सिपी मैनाली र राष्ट्रियसभाका पूर्वाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल र चीनका राष्ट्रपति, प्रधानमन्त्री तथा उच्चस्तरका पदाधिकारीहरूबाट दुवै देशका भ्रमणका क्रममा भएका सन्धिसम्झौता एवं समझदारीहरू छिटो कार्यान्वयन गर्न र सम्पन्न गर्न तथा ढिला भएका परियोजना छिटो पूरा गर्न आग्रह गर्नुभयो ।

त्यस्तै नेपाल चीनसम्बन्धी सामाजिक संस्थाका प्रतिनिधिमध्ये अरनिको समाजका डा उर्मिला शाक्य, नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का डा हरिशचन्द्र साह, वल्र्ड कल्चर नेटका दीपक सरकार, नेपाल चाइना एक्जेक्युटिभ काउन्सिलका शङ्कर पाण्डे, चीन अध्ययन केन्द्रका प्रा डा मोहन लोहनी, ट्रान्स हिमालय फ्रेन्डसिप एसोसिएसनका आनन्द्रप्रसाद पोखरेल, नेपाल चाइना फ्रेन्डस अफ क्लाउड ग्यादरिङका तारा बस्याल, फुतान एल्मुनाई एसोसिएसनका डा सरोज धिताल र नेपाल चाइना मिडिया फोरमका किशोर श्रेष्ठले बिआरआई परियोजना छिट्टै पहिचान गरेर कार्यान्वयनमा लैजान, दुई देशबीच व्यापार सन्तुलन कायम गर्न, सांस्कृतिक आदानप्रदान गर्न, जनता जनताबीचको सम्बन्ध वृद्धि गर्न, दुवै देशका विशेष नाम र शब्द तथा बौद्ध धर्मदर्शनबारेको बुझाइमा एकरूपता दिन, दुवै देशका सम्बन्धबारे सकारात्मक समाचार दिएर प्रेरणा जगाउन तथा लगानीमैत्री वातावरण प्रदान गर्नका लागि प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभएको थियो। नेपाल–चीन मैत्री मञ्चका अध्यक्ष डा कल्याणराज शर्माले गोष्ठीमा सहजीकरण गर्नुभएको देशको न्यूज अनलाइनले जनाएको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn