नेपाली

चिनियाँ अभिनेतृ डायना फङ काठमाडौंमा, नेपाली फिल्ममा सह-निर्माणबारे छलफल

criPublished: 2024-05-11 15:31:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

फिल्मसहितका सम्भावित लगानीको क्षेत्र खोज्दै चर्चित चिनियाँ अभिनेतृ डायना फङसहितको टोली यतिबेला नेपाल भ्रमणमा छ । सिल्करोड इन्टरनेसनल कोअपरेसन अर्गनाइजेसन (सिको) नामक व्यवसायिक संस्थाको निम्तोमा बुधबार आइपुगेको टोली शनिबार राती स्वदेश फर्कने कार्यक्रम छ ।

संस्थाकी नेपाल प्रतिनिधि सपना दाहालका अनुसार फङको उक्त भ्रमण टोलीले शुक्रबार प्रधानमन्त्रीका सल्लाहकारहरु, लगानी बोर्डका अधिकारीसँग भेट गर्दै सम्भावित लगानीबारे छलफल गरेको छ।

फिल्म निर्माणमा समेत संयुक्त लगानीमा सहकार्य गर्न फङले रुचि देखाएको सिकोकी प्रतिनिधि दाहालले बताउनुभएको अनलाइनखबरले लेखेको छ। यही उद्देश्यले अभिनेतृ फङ र चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीबीच शुक्रबार लाजिम्पाटस्थित होटल एम्बेसडरमा छलफल भएको थियो।

भेटबारे कुरा गर्दै अध्यक्ष केसीले नेपाली फिल्ममा लगानीबारे छलफल भएको बताउनुभयो। ‘उहाँहरुले मिल्यो भने नेपाली फिल्ममा ज्वाइन्ट भेन्चर गर्न सकिनेबारे बताउनुभयो’ फङसँगको भेटबारे अध्यक्ष केसीले भन्नुभयो, ‘सहकार्य हुन सके नेपाल ठूलो फिल्म बजार हुनसक्ने र सांस्कृतिक आदानप्रदानमा समेत सजिलो हुने उहाँको भनाई थियो ।’

व्यवसायी समेत रहेकी अभिनेतृ फङले नेपालको ऊर्जा र फोहोर ब्यवस्थापनमा समेत चासो देखाउनुभयो। ‘उहाँसँग व्यक्तिगतरुपमा मैले चिनेको ४–५ वर्ष भयो, मेरै पहलमा उहाँलाई ल्याएकी हुँ’ दाहालले भन्नुभयो, ‘फङ नेपालको फिल्ममा लगानी गर्न इच्छुक हुनुहुन्छ।’

यी चर्चित चिनियाँ अभिनेतृले ६० भन्दा बढी चिनियाँ फिल्म र टेलिभिजन सिरिजमा अभिनय गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn