नेपाली

नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा निर्यात र समग्र आर्थिक वृद्धिदरमा गिरावट हुने

criPublished: 2024-05-11 15:29:53
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा विभिन्न क्षेत्रमा पर्नसक्ने सम्भावित असर र त्यसको न्यूनीकरणका लागि अबलम्बन गरिनुपर्ने योजनासहित सरकारले नेपालको अतिकम विकसित मुलुकबाट स्तरोन्नति र सहज सङ्क्रमणकालीन रणनीति (नेपाल एलडिसी ग्राजुएसन स्मुट ट्रान्जिसन स्ट्राटेजी) ल्याइएको छ। राष्ट्रिय योजना आयोगले लामो समयको अध्ययनपछि यो रणनीति ल्याएको हो । स्मुथ ट्रान्जिसन स्ट्राटेजी ले मुख्यगरी स्तरोन्नतिका क्रममा विभिन्न क्षेत्रमा पर्ने असर न्यूनीकरण गर्ने र स्तरोन्नतिपछिको लाभ कसरी लिने भन्ने विषय समेटेको राष्ट्रिय योजना आयोगका प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभयो।

‘अति कम विकसित मुलुकका रूपमा हामीले व्यापारमा छुट, विकास सहायतामा अनुदान छुट, केही छात्रवृत्ति तथा अन्तर्राष्ट्रिय फोरममा भाग लिन जाँदा त्यसको आर्थिक दायित्व नपर्नेलगायत सुविधा पाइरहेका थियौँ । स्तरोन्नतिपछि ती सुविधा गुम्ने भएकाले त्यसबाट पर्ने प्रभावलाई कसरी कम गर्ने भन्ने उद्देश्यले यो रणनीति ल्याइएको हो , आयोगका प्रवक्ता भुसालले भन्नुभयो, ‘स्तरोन्नतिपछि नेपाल विकासशील मुलुकको क्लबमा जाँदा त्यहाँबाट कसरी बढीभन्दा बढी फाइदा लिन सकिन्छ भन्नेबारे पनि अध्ययन भएको छ।’

नेपाल अतिकम विकसित मुलुक (एलडिसी) बाट स्तरोन्नतिको चरणमा छ। स्तरोन्नतिपछि एलडिसीका रूपमा अहिले पाइरहेका के कस्ता सुविधाको कटौती हुन्छन् र त्यसबाट पर्नसक्ने सम्भावित असर व्यवस्थापन कसरी गर्ने भन्नेबारे विस्तृत योजनासहित स्मुथ ट्रान्जिसन स्ट्राटेजी ल्याइएको हो । एलडिसी ग्राजुयसन का लागि नेपालले पाएको सन् २०२६ सम्मको तयारी अवधिभित्र यस्ता क्षेत्र पहिचान र असर व्यवस्थापनका लागि काम गरिसक्नुपर्नेछ। मुख्यतः अन्तर्राष्ट्रिय व्यापार, विकास सहायता परिचालनलगायत क्षेत्रमा स्तरोन्नतिअघि र पछिको अवस्था फरक हुनेछ ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn